IME Life

राष्ट्र बैंकको नीति कपी गर्ने बीमा समितिले नियमन किन कपी गर्दैन ?

SPIL
Sanima Reliance

बीमा क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको बीमा समितिले पछिल्लो समयमा आफ्ना नीति, नियमहरु राष्ट्र बैंकको कपी गर्न थालेको छ । बीमा समितिको अध्यक्षको रुपमा नेपाल राष्ट्र बैंकका तत्कालिन पोखरा क्षेत्रीय कार्यालयका निर्देशक चिरञ्जीवी चापागाई नियुक्त भएपछि धेरै नीति तथा नियमहरु केन्द्रिय बैंकको कपी गर्न थालिएको छ ।

अर्थमन्त्रालयले हालै संसदमा प्रस्तुत गरेको बीमा विद्येयकमा धेरै बुदाँहरुलाई नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक  तथा वित्तिय संस्था सम्बन्धि कानुनमा संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ मा गरिएको बुँदालाई कपी गरिएको छ ।
त्यसैगरी बीमा समितिले नेपाल राष्ट्र बैंक कै सिको गरी बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ जारी गरेको हो । बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन २०७४ लगायतका निर्देशिकाहरुमा पनि राष्ट्र बैंकको कपी गरिएको छ ।

Crest
Meta Holidays

केन्द्रिय बैंकको नीति तथा नियम कपी गर्ने बीमा समितिले नियमन भने कपी गर्न सकेको देखिदैन । बैैक तथा वित्तीय संस्थाहरुको नियमनमा जति राष्ट्र बैंक कडा देखिन्छ त्यति बीमा समिति भने देखिदैन ।

बीमा कम्पनीहरुले खुल्ला रुपमा नीति तथा नियमलाई मिच्दा समेत समिति मुक दर्शक बनीरहेको छ । बीमा ऐन २०४९ अनुसार बीमा कम्पनीहरुले प्रत्येक बर्ष नविकरण गर्नुपर्ने व्यवस्था छ । तर, कतिपय कम्पनीहरु बर्षौ देखि नविरकण नहुँदा पनि बीमा समितिले काम कारवाहीमा रोक लगाउँन सकेको छैन ।

त्यति मात्रै हैन बीमा कम्पनीहरुले छ महिनामा आफनो वित्तीय विवरण समितिमा प्रस्तुत गर्नुपर्छ । तर, बर्षौ देखि वित्तीय विवरण पास नगरी बसेका कम्पनीलाई पनि समितिले कारवाही गर्न सकेको छैन ।

बीमा समितिले निश्चित बीमाहरुमा बीमादर तोकेको छ । उक्त दर भन्दा तल माथि गरेर कुनै पनि कम्पनीहरुले बीमा गर्न पाउँदैनन् । तर, बीमा कम्पनीहरुले समितिले तोकेको दर भन्दा पनि कम दरमा बीमा गर्दा पनि समितिले केही गर्न सकेको छैन । साथै बीमा कम्पनीहरुले बीमा गर्दा बीमितहरुको आम्दानीको स्रोत खुलाउँनु पर्छ भने केवाईसी फर्म पनि भर्नुपर्छ । समितिले गरेको अनुगमनमा नै यस्तो कम्पनीहरुले आम्दानीको स्रोत नखोली बीमा गरेको र केवाईसी फारम नभरेको पनि पाईएको छ । यद्यपी समितिले कारवाही भने गर्न सकेको छैन ।

समितिले गरेको व्यवस्था अनुसार तीन महिना भन्दा बढी प्रमुख कार्यकारी अधिकृतको पद खाली राख्न पाईदैन । त्यसैगरी संस्थागत सुशासन जारी गर्दै समितिले आगामी छ महिनामा सबै कम्पनीहरुमा नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुपर्ने व्यवस्था गरेको थियो । तर, केही कम्पनीहरुले बर्षौ देखि प्रमुख कार्यकारी र नायव प्रमुख कार्यकारी अधिकृतको पद रिक्त राखेका छन् । तर समितिले कुनै कारवाही गरेको छैन ।

यी यस्ता बिषय प्रतिनिधि मात्रै हुन् । अन्य धेरै बिषयमा बीमा समिति मौन छ । अर्थात् समितिले नियमनकारी निकायको भूमिका पूर्ण रुपमा निभाउँन सकेको छैन राष्ट्र बैंकको तुलनामा । त्यसैले समितिले केन्द्रिय बैंकको नीति मात्रै कपी गरेर हुँदैन नियमनको प्रणालीलाई पनि कपी गर्नु आवश्यक छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x