IME Life

“बीमा नो सीमा”-रामु खनाल

SPIL
NIC ASIA

-रामु खनाल

बीमा एक सुरक्षा कवज हो । भबिश्यमा आउन सक्ने बिपत्ति तथा जोखिमको कारण बाट उत्पन्न हुन सक्ने आर्थिक संकटको सुरक्षा प्रदान गर्ने माध्यम हो बीमा । बिपत्ति कुनै बाजा बजाएर आउदैन । त्यसैले भबिश्यमा आउन सक्ने बिपत्ति तथा जोखिमको कारण बाट उत्पन्न हुन सक्ने आर्थिक संकटको समाधानको लागि अहिले नै बीमा कम्पनीलाई बीमा पोलिसीमा तोकिए बमोजिम शुल्क बुझाइ जोखिम हस्तान्तरण गर्ने माध्यम हो बीमा । अहिले केहि प्रीमियम शुल्क बुझाए पछि उक्त प्रीमियमले खामे सम्मको र पोलिसीमा उल्लेख भए बमोजिमको जोखिम हस्तान्तरण हुने माध्यम हो बीमा । युद्धमा सिपाहीले आफ्नो ज्यानको सुरक्षाको लागि ढालको प्रयोग गरे झै सर्वसाधारण नागरिकले आफ्नो भबिश्यमा आउन सक्ने जोखिमको कारण उत्पन्न हुन सक्ने आर्थिक संकटको सुरक्षाको लागि प्रयोग गर्ने अस्त्र हो बीमा।

Prabhu
Crest

बच्चा बिरामी हुदा आमाले बच्चाको हेरविचार गरे जस्तै बीमीतको आर्थिक क्षेत्र बिरामी हुदा बीमाले बीमितको आर्थिक हेरबिचार गरिदिने हुदा बीमालाई आर्थिक आमा पनि भन्ने गरिन्छ । बीमाले बीमितको आर्थिक क्षेत्रको हेरबिचार गर्ने मात्र नभई सन्ततिहरुको शिक्षादिक्षा पनि हेरिदिने हुदा बीमालाई आर्थिक बाआमा पनि भन्ने गरिन्छ । बीमा बिरामी हुदा मात्र होईन आफ्नो बीमाअबधि सकिए पछि पोलिसीमा तोकिए बमोजिमको रकम फिर्ता पनि दिने हुदा बीमालाई रकम दिने मामा पनि भन्ने गरिन्छ । बीमा एक अनिवार्य बचत पनि भएकोले आजको बचत भोलिको सुनिश्चित भबिश्यको आधारको रूपमा पनि लिने गरिन्छ । जीवन बीमा तथा निर्जीव बीमाको माध्यम बाट मानिसको जिउ(धनको सुरक्षा प्रदान गर्ने हुनाले बीमालाई आर्थिक क्षेत्रको बिना बर्दिको सिपाही पनि भन्ने गरिन्छ ।

बीमा गर्नु भनेको बचत गर्नु पनि हो । बीमाले अहिले आर्थिक बचत गर्न प्रेरित गर्छ भने भबिश्यमा बीमा बापतको रकम प्रदान गर्छ । बीमाले अहिले फजुल खर्च गर्न नियन्त्रण गर्छ भने भबिश्यमा खुशी प्रदान गर्छ ।

आफ्नो जिउ(धनको बीमा गर्दा मात्र होईन अरुको जिउ(धनको बीमा गराउदा पनि तपाईलाई बीमाले आर्थिक लाभ पुर्याउछ । कुनै पनि बीमा कम्पनीको एजेन्ट भइ काम गर्नाले बचेको समय सदुपयोग गरि आम्दानी वृद्धि गर्न सकिन्छ ।

यसमा त एउटा गजबको कुरा के छ भने कुनै पनि बीमा कम्पनी एजेन्ट बन्न तोकिए बमोजिमको शर्त पुरा गरि सकेपछि विद्यार्थी , गृहणी , ब्यवसायी जो पनि बीमा एजेन्ट बनी काम गर्न सक्छ । बीमा एजेन्टमा सफल बन्नको लागि पढाइ भन्दा पनि जनसम्पर्क राम्रो हुनुपर्छ । मानिसलाई बीमाको बारेमा राम्रो सग बुझाउन सक्नुपर्छ । बीमा गराए बापत बीमाकम्पनीले बीमा एजेण्टलाइ कमिसन दिन्छ । कमिसन एक बर्ष मात्र होईन कि बीमितले बीमा रकम तिर्दा सम्म निरन्तर प्राप्त हुन्छ । बीमा कम्पनीले बीमा एजेन्टलाइ दिने कमिसन दर भने कम्पनी अनुसार फरक फरक हुने गर्छ । लगानी केहि पनि गर्नु परेन मान्छेलाई एकपटक कन्भिस गरायो बीमा गरायो अनि उसले बीमा प्रीमियम शुल्क तिर्दा सम्म निरन्तर कमिसन खायो , छैन त गजब !

यहि गजबको पेशा अहिले गाउ गाउ सम्म फैलिएको छ । विभिन्न बीमा कम्पनीका एजेन्टहरु जतासुकै छ्यापछ्याप्ती पाइन्छन् । सबैलाई खराब भन्न खोजेको होईन । केहि एजेन्ट राम्रा पनि छन् । केहि एजेन्ट भने बीमित सग पैसा उठाउने तर बीमा कम्पनीमा रकम नबुझाउने पनि देखिएको छ । अतस् यस्ता ठग एजेन्टहरु बाट बच्नको लागि बीमा शुल्क तिरेको रसिद माग्न कहिलै पनि भुल्नु हुदैन । यस्ता ठग एजेन्टहरु बाट बच्न तथा समयमै प्रीमियम बापतको शुल्क बुझाउन तपाईले बीमा गरेको बीमा कम्पनी र उक्त बीमा कम्पनीले बैकान्सोरेन्स गरेको बैंकमा खाता खोली तपाईको बैंक खाता उक्त बीमा कम्पनीको खाता सग इन्टिग्रेड गरि अटोमेटिक रूपमा बीमा शुल्क बीमा कम्पनीको खातामा ट्रान्सफर हुने ब्यवस्था मिलाउन पनि सकिन्छ ।

बीमा जीवन, निर्जीवन बीमा दुबैको गर्न सकिन्छ । अर्थात बीमा मार्फत जिउ (धन , सम्पत्ति सबैको सुरक्षा गर्न सकिन्छ । भबिश्य आउन सक्ने आर्थिक बिपत्तिको मात्रा कम गराउन सकिन्छ । जोखिम हस्तान्तरण गर्न सकिन्छ । जीवन बीमा भित्र पनि विभिन्न क्याटागोरिहरुका जीवन बीमा हुन्छन् । निर्जीवन बिमा भित्र पनि विभिन्न क्याटागोरिहरुका निर्जीव जीवन बीमा हुन्छन् । आफुलाइ आवश्यक पर्ने कुनै पनि क्याटागोरीको बीमा छनौट गर्ने अवसर बीमामा हुन्छ । बीमा आर्थिक सुरक्षाको कवज सहित एजेन्ट बनि आय आर्जन गर्ने माध्यम पनि हो । जन्म देखि मृत्यु प्रयन्त सम्म बीमाले सुरक्षा प्रदान गर्छ । त्यसैले त बीमालाई “बीमा नो सीमा” पनि भन्ने गरिन्छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS