दोस्रो त्रैमासको अवधिमा कालिका लघुवित्तको खुद नाफा घट्यो

चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको अवधिमा कालिका लघुवित्त वित्तीय संस्थाले ४९ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा २४.८१ प्रतिशतले कमी हो । गत आवको सोशी अवधिमा संस्थाले ६५ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाउन सफल भएको थियो ।

लघुवित्तले ६० करोड २६ लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । भने १ अर्ब ५३ करोड ८ लाख ७९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यस अवधिमा लघुवित्तले ६ करोड २ लाख ८८ हजार खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष लघुवित्तले ४ करोड १३ लाख खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको चुक्ता पूँजी १० करोड ८० लाख रहेको लघुवित्तको जगेडा कोषमा ५ करोड १८ लाख रुपैयाँ रहेको छ ।

कालिकाको प्रतिशेयर आम्दानी वार्षिक ९ रुपैयाँ ११ पैसा रहेको छ । यस्तै प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ०३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार