दोस्रो त्रैमासको अवधिमा ज्योति विकास बैंकको खुद नाफामा वृद्धि

चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण लाई आधार मानेर हेर्दा ज्योति विकास बैंक लिमिटेडले १७ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोहि अवधिको तुलनामा २ करोड ६९ लाख रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको हो ।

गत आवको सोहि अवधिमा बैंकले १४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यो त्रैमासको अवधि सम्ममा बैंकले २३ अर्ब ५८ करोड ४८ लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । २ अर्ब ५९ करोड ३६ लाख ९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको ज्योति बिकास बैंकको जगेडा कोषमा ४५ करोड ७४ लाख ६२ हजार रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी वार्षिक १३ रुपैयाँ १४ पैसा रहेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २६ पैसा बाट बढेर ११७ रुपैयाँ ६४ पैसा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार