IME Life

नगदेबाली अदुवाको बीमा कसरी गर्ने त ? पूर्ण जानकारी

SPIL
NIC ASIA

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ ।
अदुवा धनीद्धारा प्रस्ताव तथा घोषणा, जुन यस करार आधार हुने तथा बीमालेखमा समावेश भएको मानिने कुरामा सहमति जनाई बीमाशूल्कको रकम भुक्तानीको आधारमा इन्स्योरेन्स कम्पनी र बीमक भनिएको समक्ष देहायमा उल्लिखित बीमाको लागि प्रस्ताव गरिएकोले यस बीमालेखको अनूसूची, विवरण तालिका, परिभाषा, बिशेष व्यवस्था, अपवाद र सर्तहरु यस करारनामाको अभिन्न अङ्ग मानिने गरी बीमा शूल्क भुक्तानीको प्रतीफल स्वरुप बीमकले बीमाको अवधिभित्र अदुवा धनीको विवरण तालिकामा उल्लेख भए बमोजिमका अदुवा खेतीको क्षतीपूर्ती र हानी नोक्सानी भएमा लागत मूल्य अनुसारको क्षतीपूर्ती रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्नेछ ।

Prabhu
Crest

बीमालेखले रक्षावरण गर्न जोखीमहरु

अदुवा बीमा योजनाले सबै रक्षावरण गर्दैन । देहायका कुनै कारणबाट अनुसूचीमा उल्लिखित अदुवा बीमालेखको अवधिभित्र हानी–नोक्सानी भएमा बीमकले उक्त अनुसूचीमा उल्लिखित बीमाङ्क रकमको सीमासम्म वास्तविक क्षतीको ९० प्रतीशत रकम सम्म बीमीतलाई भुक्तानी गर्नेछ । यसका साथै आगलागी ,चट्याङ, भूकम्प, बाढी ,पहिरो,भूूस्खलन,खडेरी,आधिँबेहरी, असिना, हिँउ वा तुसारो,आकस्मित, दुर्घटनाजन्य बाह्य कारणहरु,र किरा तथा रोगबाट हुने हानी–नोक्सानी भएमा रक्षावरण गर्दछ ।
रक्षावरण नगर्न अवस्थाहरु

अदुवा बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन ।अदुवा खेती गर्ने धनी वा निजको एकाघरका परिवारका सदस्यको लापावाहीको कारणले वा जानजान मनोरञ्जनको उद्देश्यबाट वा अन्य कारण हेरचाह नगरेमा, कानुनी निकायको आदेशमा बीमा गरिएको अदुवा खेतीलाई नष्ट गनुपर्ने भएमा, बीमा गरिएको अदुवा चोरी भएमा, बीमीतले आफनो जग्गा विक्रि वा स्वामित्व हस्तानतरण गरेमा, युद्ध, अतिक्रमण, विदेशी सैन्य कारवाहीको कारणबाट अदुवाखेतीमा क्षती भएमा , देहायको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सिर्जना भएको वा सोको प्रतीकूल योग्दानबाट उत्पन्न कारणले बीमा गरिएको अदुवा खेतीको क्षती भएमा, अदुवा खेती धनीले प्रस्ताव फाराममा विवरण दिदाँ भुट्टा विवरण दिएमा वा जोखीम मूल्याङकन गर्नका लागि आवश्यक पर्ने वास्तविकता लुकाई भुट्टा कुरा उल्लेख गरेमा बीमक दाबी प्रति उत्तरदायी हुने छैन ।

दाबी सम्बन्धि प्रकृया

अदुवा खेतीका लागि प्रयोग गरिने बीउको श्रोत नेपाल सरकारबाट अनुमती प्राप्त सरकारी , अर्धसरकारी निकाय वन निजिक्षेत्र, कृषक समूह, कृषि सहकारी हुनुपर्दछ । साथै अदुवा खेतीको लागि ल्याइने जात राष्ट्रिय बीउ बीजन समितीबाट उन्मोचन,सूचिकृत वा पंजिकृत भई नेपाल सरकारबाट क्षेत्रगत सिफारिस गरिएको जात वा स्थानिय स्तरमा प्रचलनमा रहेको हुनुपर्दछ ।अदुवा बाली सिफारिस गरिएको प्रविधि अनुसार खेती गरीएको हुनुपर्दछ । बीउदर न्यूनतम १५० देखी२२५ के.जी प्रति रोपनि हुनुपर्दछ । समहमा खेती गरिएको हकमा अदुवा खेती लगाइएको ब्लक एकै कृषक वा एक भन्दा बढी कृषकको पनि हुन सक्नेछ ।अदुवा खेती गर्दा झारपात उचित व्यवस्थापन भएको हुनुर्पे र जमिनको तयारी समेत उचित किसीमले भएको हुनुपर्ने छ ।अन्य बालीसगँ अन्तरबालीको रुपमा लगाईएको हकमा यस बीमालेखले अदुवा बालीकोमात्र रक्षावरण गर्नेछ ।अदुवा खेतीको बीमा गर्नका लागि पहाडी क्षेत्रमा न्यूनतम एक रोपनी तथा तराई क्षेत्रमा न्यूनतम दुई कठ्ठा जग्गा हुनुपर्नेछ । अदुवा रोपी टुसा आईसकेको पलाएको १५दिन भित्र बीमा गरिसक्नुपर्ने तर रोपी टुसा नआएको खण्डमा बीमा हुनेछैन । एकै जमिन /खेत  र बारीमा लगातार तीन बर्ष भन्दा बढी अदुवा खेती गरिएको हकमा बीमा गर्न पाईनेछैन । बीमा गरिएको अदुवा वालीको बीमा अवधी भित्र उत्पादन लिएमा उ्रत्पादन लिएको परिणाम र क्षेत्रफलको विवरण बीमा कम्पनीलाई सात दिनभित्र अनिवार्य रुपमा जानकारी गराउनुपर्दछ ।यस बीमालेखको अनुसूचमीमा बीमा अवधि समाप्त हुने भनी उल्लिखित भएको मितीमा स्थानिय समय अनुसार रातको १२ बजे पछि यस बीमालेखको अवधि समाप्त हुने छ। एक कृषकले एकै स्थानमा लगाईएको एकै प्रकारको अदुवम खेतीको हकमा आशिंक बीमा गर्न पाईने छैन ।

विशेष व्यवस्थाहरु

बीमीेतले अदुवा बालीको हानी भएमा १५ दिनभित्र देहायका कागजातहरु सहित बीमक समक्ष पेस गनुपर्नेछ ।यसमा साथै सक्कल बीमालेख, पूर्ण रुपले विवरणभरिएको दाबी फाराम , कृषि प्राविधिक फाराम, क्षति भएको बालीको फोटो,अदुवा खेतीको क्षति भई दावी परेको अवस्थामा यस बीमालेख यस बीमालेखको अनुसूची १मा उल्लेख भएका उत्पादकत्व आधारमा गणना गरिन्छ ।अदुवाको बीमा भएको बीमा भएको मितीदेखी अधिकतम आठ महिनासम्म यस बीमालेख रक्षावरण गर्नेछ ।अदुवा वालीको बीमालेख जारी भएको ३० दिनभित्र क्षती भएमा क्षती भएको क्षेत्रफलको विमाङ्क रकमको ६० प्रतिशत लाबी भुक्तानी गरिनेछ । ३० दिन पछि बाकिँ रहेको बीमा अवधीमा भएको क्षतिको क्षेत्रफलको आधारमा ९० प्रतीशत सम्मको दाबी परेको क्षेत्रफलको आधारमा ९० प्रतीशत सम्म दाबी भुक्तानी गरिनेछ । बीमा अवधी भित्र बीमा दाबी परेको क्षेत्रफललाई पून ःबीमामा समावेश गर्न पाईनेछैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS