फागुन १० गते गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा

गोर्खाज फाइनान्सको वार्षिक साधारण सभा फागुन १० गते हुने भएको छ । सञ्चालक समितिको सोमबार बसेको बैठकले फागुन १० गते ११ बजे नक्सालस्थित सेलेब्रेशन ब्याङकेटमा बस्ने गरी साधारणसभा आह्वान गरेको हो ।

फाइनान्सले गत आर्थिक वर्षको वासलात तथा नाफा नोक्सान, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगाएतका एजेन्डाहरु साधारण सभामा लैजानेछ । साधारण सभा गर्न कम्पनीले फागुन १ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।

माघ २९ गतेसम्म कायम रहने सेयरधनीले साधारण सभामा भाग लिन सक्ने फाईनान्सले  बताएको छ  । गोर्खाज फाइनान्सको हालको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९४ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार