एशियन लाइफ इन्स्योरेन्स र सिभिल बैंक बीच बीमा सेवा सम्झौता

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सिभिल बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले ७१ वटै शाखाहरुबाट सहज रुपमा एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौता भए सँगै बैंकको व्यवसाय प्रबर्दनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार