IME Life

किसान माईक्रोफाइनान्सको ४ हजार२८० कित्ता सेयर लिलाम खुल्यो

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

 किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको आइतबारदेखि ४ हजार २८० कित्ता सेयर लिलामी खुलेको छ । संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता सेयर लिलामीमा ल्याइएको हो। लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।

यसम आवेदन दिने अन्तिम म्याद माघ १३ गतेसम्म हुनेछ । कम्पनीले यसअघि मंसिर २ गतेदेखि पुस ८ गतेसम्म २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । जसमा ४ हजार २८० कित्तामा आवेदन पर्न सकेको थिएन । नबिकेको सेयर लिलामीमा ल्याइएको हो ।

Crest

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट, सुनधारा काठमाडौं तथा किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सिभिल बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज र नारायणगढ शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS