IME Life

जोखिमको मूल्यांकन गर्दैनन् बीमा कम्पनीहरु

SPIL
NIC ASIA


बीमा कम्पनीहरुले बीमा गर्दा उचित तरिकाले जोखिमको मूल्यांकन नगर्ने गरेको पाईएको छ । बीमा समितिले कम्पनीहरुमा गरेको अनुगमनका क्रममा कम्पनीहरुले बीमा योग्य सम्पति तथा जीवनको जोखिमको मूल्यांकन नै राम्रोसँग नगर्ने गरेको पाईएको हो ।

बीमा गर्दा बीमा गरिने सम्पति वा मानिसको जोखिमको मूूल्यांकन गर्नुपर्छ । जोखिम मूल्यांकन गर्नका लागी कम्पनीले छुट्टै विभाग गठन गरेको हुन्छ । जसले बीमा कम्पनीले स्वीकार गर्न बीमा योग्य सम्पति वा जीवनको जोखिम कति छ भनेर मूल्यांकन गर्छ । जोखिमको आधारमा नै बीमा गर्ने वा नगर्ने निर्णय गर्छ । अर्थात् जोखिमको मूल्यांकन पछि कम्पनीले बीमाको प्रस्ताव अस्वीकृत पनि गर्न सक्छ । यदि अधिक जोखिम रहेछ भने सोही अनुसारको बीमाशुल्क पनि तोक्न सक्छ । यदि राम्रोसँग जोखिमको मूल्यांकन गरिएन भने बीमा कम्पनीलाई लागी खतरनाक हुन सक्छ ।

Prabhu
Crest

त्यसैले जोखिम मूल्यांकन कम्पनीको लागी महत्वपूर्ण छ । तर, कम्पनीहरुले बीमायोग्य सम्पतिको राम्रोसँग मूल्यांकन नगरेको अनुगमनमा भेटिएको छ । कम्पनीहरु बीच व्यवसायमा भएको प्रतिस्पर्धाको कारण राम्रोसँग जोखिमको मूल्यांकन नहुने गरेको समितिको भनाई छ ।
त्यस्तै कम्पनीहरुले बीमितको आम्दानीको स्रोत तथा व्यक्तिगत विवरण समेत संकलन नगर्ने गरेका पाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS