SKIP THIS

Slicl

साताको अन्तिम दिन नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम २८ करोड ७७ लाख

साताको अन्तिम दिन नेप्से ० दशमलव २० अङ्कले घटेर ११८७ दशमलव ७७ अङ्कमा बन्द भएको छ । कारोबार रकम २८ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

हाइड्रोपावर, अन्य र माइक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । हाइड्रोपावर क्षेत्रको परिसुचमा ३ दशमलव १७ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको २ करोड ५४ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै अपर तामाकोशि हाइड्रोपावरको सेयरमा ९ दशमलव ८९ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जोशि हाइड्रोपावरको शेयर ९ दशमलव ६६ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव ०९ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ८४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव ७३ प्रतिशतले घटेर ६ हजार १ सय ७५ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार