IME Life

दुई बर्षमा ४ प्रतिशले बढ्यो बीमाको पहुँच

SPIL
NIC ASIA

बिजया बास्कोटा
विगत दुई बर्षको अवधिमा नेपालमा बीमाको पहुँच ४ प्रतिशतले बढेको छ । बीमा समितिको तथ्यांक अनुसार आर्थिक बर्ष २०७४/७५ मा नेपालमा बीमाको पहुँच १४ प्रतिशत पुगेको छ । आव २०७२/७३ मा भने १० प्रतिशत रहेको थियो ।

तथ्याक अनुसार आव २०७४/७५ मा बीमा कम्पनीहरुले ४३ लाख ४३ हजार ५३५ बीमालेख जारी गरेका छन् । त्यस्तै, आव २०७३/७४ मा ३३ लाख ८९ हजार ७८६ र आव २०७२/७३ मा ३० लाख ८७ हजार ३८५ बीमालेख जारी भएको तथ्यांकमा उल्लेख छ ।

Prabhu
Crest

यदि बैदेशिक रोजगार बीमालाई पनि समावेश गर्ने हो भने बीमाको पहुँच १६ प्रशितले पुगेको तथ्यांकले देखाउँछन ।

नेपालमा अहिले बीमा कम्पनीहरुको संख्या ४० पुगेको छ । बीमा समितिको अध्यक्ष नियुक्त भएपछि चिरञ्जीवी चापागाईले नयाँ कम्पनीहरुलाई सञ्चालन अनुमति दिएका थिए । फलस्वरुप नेपालमा नयाँ १३ वटा कम्पनी थपिए । जीवन बीमा कम्पनीको संख्या ठ्याक्कै दोब्बर भयो ।

यसरी कम्पनीहरुको संख्या बढेपछि बीमाको पहुँच स्वभाविक रुपमा बढ्ने बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु बताउँछन् । उनीहरुका अनुसार नयाँ कम्पनीहरुले व्यवसाय बढाउँन जोडतोडका साथ काम गरेका छन् । त्यसैगरी पुराना कम्पनीहरुले पनि नयाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न झनै आक्रमक तरिकाले काम गरेका छन् । फलस्वरुप नेपालमा बीमाको पहुँच पनि बढ्दै गएको उनीहरुको दाबी छ ।

तर, केही बीमा विज्ञहरु भने बीमामा दोहोपन पनि उत्तिकै छ । त्यसैले बीमाको पहुँच बढेको देखिएको तर्क राख्छन् । एउटै व्यक्तिले दुई तीन वटासम्म बीमा योजना खरिद गरेको छ । कतिपय बीमीतको बीमा योजना अवधि नै सकिई सकेको छ । यो सबै तथ्याकलाई घटाए पछि मात्रै बास्तविक पहुँच देखिने उनीहरुको भनाई छ ।

नेपाल भौगोलिक दृष्टिकोणले अत्यन्तै विकट छ । त्यसैले नेपाल जस्तो मुलुकमा बीमाको आवश्यक अत्याधिक छ । तर, न्यून आय, बीमा सम्बन्धी चेतनाको कमी लगायतका कारण नेपालमा बीमा पहुँच बढ्न सकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS