सानिमा इन्स्योरेन्स र कामना सेवा बैंक बीच बीमा सेवा सम्झौता

सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ र कामना सेवा विकास बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत ले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार बैंकका ग्राहकहरुले ६३ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौता भए सँगै बैंकको व्यवसाय प्रबर्दनमा सहयोग पुग्नुका साथै ग्राहकहरुलाई लाभाविन्त हुने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार