मिथिला लघुवित्त वित्तीय संस्थाको ५० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । हकप्रद समायोजनपछि मंगलबार कम्पनीको सेयर कारोबार ६४३ रुपैयाँ ३३ पैसालाई आधार मानेर खुलेको छ । मिथिलाको औसत आधार मूल्य भने ८९७ रुपैयाँ ६७ पैसा रहेको छ ।
हकप्रद जारी गर्नका लागि मिथिलाले आज (माघ १ गते) बुक क्लोज गरेको छ । यसर्थ, सोमबारसम्म कायम सेयरधनीले मात्र यो हकप्रदमा आवेदन दिन सक्नेछन् । मिथिलाले २ः१ अनुपातमा ३ लाख २९ हजार ८९० कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाइसकेको छ ।