IME Life

गुराँस लाईफ इन्स्योरेन्सको ८ प्रतिशत लाभांश घोषणा

SPIL
Sanima Reliance

गुराँस लाईफ इन्स्योरेन्सले अघिल्लो बर्ष २०७३/७४ को नाफाबाट आठ प्रतिशत लाभांश सेयर सेयरधनीहरुलाई दिने भएको छ । कम्पनीले सोमबार बसेको संचालक समितीको १४९ औ बैठकको निर्णय अनुसार गत बर्षको संचित मुनाफाबाट हालसम्म कायम रहेको पुँजी ५९ करोड ४० लाख रुपैँयाको आठ प्रतिशत बोनस प्रस्ताव गरेको हो ।

बोनस सेयरमा लाग्ने कर तिर्न ०.४२१ प्रतिशत नगद लाभांश दिने पनि जनाएको छ । प्रस्तावित बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी ६४ करोड १५ लाख २० हजार पुग्नेछ । कम्पनीले ६० प्रतिशत हकप्रद बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । गुराँसले २९ लाख ७० हजार कित्ता हकप्रद बिक्री गर्न अनुमति पाएको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समिती र आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण गर्ने कम्पनीले जनाएको छ ।

Crest
Meta Holidays

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x