IME Life

माघ एकदेखि सम्पति बीमा निर्देशिका लागू हुदै

SPIL
NIC ASIA


बीमा समितीले माघ १ गते (आज) देखि लागु हुने गरी सम्पती बीमा निर्देशीका जारी गरेको छ । वर्तमान परिस्थित अनुसार अग्नि बीमादरले सबै बीमालाई समेट्न नसकेपछि समितिले सम्पति बीमा निर्देशिका जारी गरेको हो ।
यस्तो ब्यवस्थाले हाल प्रचलनमा रहेको अनिवार्य जोखिम (अग्नी र भूकम्प) सहित सबै बीमायोग्य जोखिम लिदा समेत कूल बीमा शुल्कमा औसतमा ६५ प्रतिशतका दरले बीमा शुल्क घटी हुने भएको छ । जसको कारणले गर्दा बीमाको दायरामा व्यापक वृद्धि हुने समितिले विश्वास लिएको छ ।

समितीले  निर्जिवन बीमा (सम्पती र दायित्वको बीमा) व्यवसाय अन्तर्गत अग्नी बीमालेख र गार्हस्थ बीमलेखलाई एकै निर्देशीका (सम्पती बीमा निर्देशीका) को अधीनमा रहने गरि सम्पती बीमालेख र घर बीमालेखले प्रतिस्थापन गरेको हो ।

Prabhu
Crest

नयाँ निर्देशिका अनुसार सम्पत्ति र घर गरी दुई प्रकारका बीमालेख हुनेछन् । जसमध्ये २ करोड रुपैयाँसम्मको आवासीय भवन वा घर, मठ मन्दिर, ध्यान तथा प्रार्थनास्थल तथा त्यसभित्र रहेको सम्पत्ति वा सामानको घरबीमालेख मार्फत गर्न सकिन्छ ।
घर बीमालेख अन्तर्गत १ करोड रुपैयाँसम्म सम्पत्तिको बीमा गर्दा प्रतिहजार ०.५ पैसा बीमा शुल्क तिर्नुपर्छ । दुई करोड रुपैयाँभन्दा बढीका आवासीय घर तथा सबै प्रकार (मूल्यका) व्यावसायिक सम्पत्तिको बीमा गर्दा सम्पत्ति बीमालेख अन्तर्गत गर्नुपर्नेछ ।

सम्पती तथा घर बीमालेखले रक्षावरण गर्ने जोखीमहरु

यस बीमा योजनाले सबै रक्षावरण गर्दैन । यस बीमा अवधीमा अग्नीजन्य क्षती, हावाजन्य क्षती, पानीजन्य क्षती, भूमीजन्य क्षती, खस्ने र भासिने सम्बन्धी क्षती, चट्याङ् क्षती, विस्फोटन क्षती, आवासीय साम्रागीजन्य क्षतीm धक्का दिएर छोएर, लडेर वा लागेर हुने क्षती, स्वजल्न , हुलदगां तथा आंतकबादजन्य क्षति र मिसायल टेस्टिङ् अपरेशनले भएको क्षती भएमा मात्र रक्षावरण गर्दछ ।

सम्पती बीमालेख अन्तर्गत पर्ने सात बीमालेख

निर्देशीका अनुसार समान्य सम्पत्ति, छोटो अवधिको सम्पत्ति, मूल्यांकित सम्पत्ति, फ्लोटिङ सम्पत्ति, घोषण सम्पत्ति, फ्लोटिङ घोषणा सम्पत्ति र पुनस्थापना सम्पत्ति गरी सात प्रकारका बीमालेख रहनेछन्  ।

एक करोड रुपैयाँभन्दा माथिको सम्पत्ति बीमा गर्नुपर्दा प्रतिहजार १.५० पैसा शुल्क लाग्नेछ । यदि कुनै बिमितिले हूलदंगा तथा आतंकवाद जोखिमजन्य क्षति लिन नचाहेमा १ करोड रुपैयाँसम्मको सम्पत्तिको बीमा शुल्क प्रतिहजार ०.४० पैसा मात्र हुनेछ ।

नयाँ व्यवस्था अनुसार घर बीमा अन्तर्गत गरिने बीमाको सम्पूर्ण जोखिम (हूलदंगा तथा आतंकवाद जोखिम बीमितले नलिन पनि सक्ने भएकाले सोबाहेक) को एकमुष्ठ बीमा शुल्क ०.४० प्रतिहजार मात्र लाग्नेछ ।
निर्देशीका जोखिमका आधारमा ०.५ पैसादेखि ९ रुपैयाँसम्म बीमा शुल्क तय गरिएको छ । निर्देशीकामा बीमितको हित प्रवद्र्धन गरिएको, बीमकले बीमा दाबी नदिएमा, गलत बीमा दाबी दिएमा वा गलत व्यक्तिलाई दिएमा तथा दाबीमा चित्त नबुझेमा ५ महिनाभित्र उजुरी गर्न सकिने व्यवस्था छ । यस्तै बिना कारण बीमकले एकतर्फी बीमालेख रद्द गर्न नसक्नुका साथै बीमालेखलाई पनि सरल र झन्झटरहित बनाइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS