एभरेष्ट बैंकले २ बचत खाता खेल्ने ग्राहकको लागि ल्यायो , ५ लाख बीमासहित थुप्रै सुविधा

एभरेष्ट बैंकले बीमा सुविधा प्रदान गर्न ‘द ओरियन्टल इन्सुरेन्स कम्पनीसँग सहकार्य गरेको छ । बैंकले मातृभूमी बचत खाता र कर्पोरेट स्यालरी खाता खोल्ने ग्राहकका लागि इन्सुरेन्स सेवा प्रदान गर्न कम्पनीसँग एमओयूमा हस्ताक्षर गरेको हो ।

यो योजनामा ५ लाख रुपैयाँको बिमा र अन्य सुविधा सहितको दुईवटा योजना हुनेछ । बैंकले मातृभूमी बचत खातामा ‘विदेशको मेहनतको कमाई, स्वदेशमै गरौँ सुनिश्चित बचत’ नारासहित ५ लाख रुपैयाँ बराबरको बिमा र अन्य आकर्षक सुविधा सहितको योजना ल्याएको हो ।

त्यस्तै, कर्पोरेट स्यालरी खातामा इन्सुरेन्स र अग्रिम स्यालरी सुविधा योजना पनि ल्याइएको छ ।एभरेष्ट बैंकले आफूले दुःख गरेर कमाएको पैसालाई सुनिश्चित एवं राम्रो प्र्र्तिफल प्रदान गर्ने लक्ष्यले मातृभूमी बचत खाता योजना ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार