नेप्सेमा ५ दशमलव ७८ अंकको गिरावट, कारोवार रकम ३७ करोड २९ लाख

नेप्से साताको पहिलो दिन ५ दशमलव ७८ अङ्कले घटेर ११७५ दशमलव ०५ अङ्कमा बन्द भएको छ । कारोबार रकम ३७ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । अन्य क्षेत्रको परिसुचमा ० दशमलव ३९ प्रतिशतको वृद्धि आएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको ११ करोड ५९ लाख बराबरको शेयर किनबेच भयो । सबै भन्दा धेरै वोमि माइक्रोफाइनान्सको सेयरमा ९ दशमलव ९५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर ५ दशमलव ७१ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक १ दशमलव २६ प्रतिशतले घटेको छ भने ५ हजार ६ सय ६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ० दशमलव १८ प्रतिशतले घटेर ६ हजार ९३ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

जीवन र निर्जीवन बीमाको उपसुचकमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार