IME Life

मोटर बीमाको बीमांक रकम बढाउँने तयारी

SPIL
NIC ASIA


यातायात व्यवस्था विभागले सवारी साधन दुर्घटना बीमाको बीमांक रकम बढाउँने तयारी गरेको छ । विभागले सवारी दुर्घटना बिमा अधिकत्तम ३१ लाख रुपैयाँसम्म बनाउँने तयारी गरेको छ ।

विभागका अनुसार सवारी साधनको दुर्घटना मृत्यूमा भएमा १० लाख, मेरुदण्ड र टाउँकोमा चोट लागेको खण्डमा १५ लाख रुपैयाँ र उपचार खर्च बापत ६ लाख रुपैयाँ भुक्तानी पाउँने व्यवस्था गर्न लागेको विभागका सुचना अधिकार गोकर्ण प्रसाद उपाध्यालले बताए । विभागले उक्त प्रस्ताव भौतिक योजना तथा पूर्वाधार मन्त्रालयमा पठाएको छ ।
तर, यातायात व्यवसायी भने दुर्घटनाको सबै जिम्मा बीमा कम्पनीले लिनुपर्ने अडान राखेका छन् । उनीहरुका अनुसार कम्पनीहरुले दुर्घटना हुँदा लाग्ने सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने भने माग राखेका छन् ।

Prabhu
Crest

बीमा समितिका अनुसार अहिले सवारी दुर्घटना बीमांक रकम अधिकत्तम ८ लाख रुपैयाँ छ । दुर्घटनाबाट मृत्यू भएमा ५ लाख र उपचार बापत ३ लाख रुपैयाँ तोकिएको छ । निजी सवारी साधनको हकमा तेस्रो पक्ष मानब क्षतिको अधिकत्तम दायित्व ८० लाख र सम्पति क्षतिको अधिकत्तम दायित्व पनि ८० लाख रुपैयाँ रहेको छ ।
व्यवसायिक सवारी साधनको हकमा पनि तेस्रो पक्ष मानव क्षतिको अधिकत्तम दायित्व ५० लाख रुपैयाँ र समपति क्षतिको अधिकत्तम दायित्वमा पनि ५० लाख रुपैयाँ रहेको छ । मोटरसाईकल दुर्घटना भएको अवस्थामा मानव क्षति र समपति क्षतिको अधिकत्ता क्षति २५/२५ लाख रुपैयाँ रहेको छ ।

सरकारले सबै यातायात समिति खारेज गरेपछि यातायात व्यवसायीहरु मर्कामा पर्दै आएका छन् । बीमा कम्पनीहरुले निश्चित रकम मात्रै भुक्तानी गर्ने हुँदा तत्कालिन समयमा बाँकी रकम यातायात समितिले नै भुक्तानी गर्दै आएका थिए । समिति नै खारेज भए पछि भने बिरामीहरु अस्पतालमा नै बन्धक हुन थालेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS