IME Life

माघ चारदेखि सुरु हुदै हिमालयन हाइड्रो एक्स्पो,  प्रदशनीनको लागि ८५ स्टल बुकिङ

SPIL
NIC ASIA

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल ९इप्पान० र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिले संयुक्त रुपमाआयोजनागर्न लागेकोदोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । योसँगै स्वदेशी तथा विदेशी प्रदर्शकहरुबाट एक्स्पोका सम्बन्धमा सकारात्मकप्रतिकृयाहरु आउन थालेका बताएका छन् ।

एक्स्पोमा सहभागि हुन  ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल बुकिगं गरेका छन् ।राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा आगामी माघ ४ गते बिहान उपराष्ट्रपतिनन्दबहादुर पुनले एक्स्पोको उद्घघाट्न गर्नुहुने कार्यक्रम तय भएको छ । जलविद्युतक्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको योएक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमान गरिएको छ । एक्स्पोको व्यवस्थापनइभेन्ट सोलुसनप्रा। लि। गर्ने छ ।

Prabhu
Crest

एक्स्पोमा जलविद्युतप्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित िवविध क्षेत्रको सहभागिता रहने छ ।

जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुनगइरहेको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग रऊर्जा जलस्रोत तथा सिंचाइमन्त्रालयले संरक्षकत्वप्रदान गरेका छ । साथै  नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्श, निर्माण व्यसायीमहासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि।तथायुथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् ।

नेपाल इण्डिया चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिज, नेपालजर्मन चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रीज, युरोपियनइकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी,टनेलिंगएशोसिएसनअफ नेपाल, इनर्जी नेपालम्यागेजिन, टनेलिंगप्रोशेस इन्नोभेसन इन नेपाल, लिटिल स्टार रेकर्डस, बीफोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिंग, एबिबि इण्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्यापटेकबुल् गेरियातथाचगंक्विगं वाटर एण्ड टर्वाइनवक्र्स कम्पनी लिमिटेड एक्स्पोका मोर्कटिंग पार्टनर रहेका छन् ।

नीजिक्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समुहअन्तरगतको इन्टरनेशनलफाइनान्स कर्पोरेशन ९आईएफसि० ले सहप्रायोजन गरेको छ  । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपालशिपिंग एण्ड एयर लजिष्टिक प्रालिएक्स्पोको अफिसियल पार्टनर रहेका छन् ।

चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरियातथा बेलायतलगायतमुलुककाजलविद्युत क्षेत्रसँग सम्बन्धितकम्पनीहरु एक्स्पोमा सहभागिहुँदै छन् ।जलविद्युतआयोजनानिर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धितकम्पनीहरुको धेरै सहभागिताएक्स्पोमाहुने भएको छ । आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिकनिर्माण उपकरण, टनेलिंगउपकरणका क्षेत्रमाप्रख्यातभोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबाकर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइलगायतकाप्रदर्शक आकर्षणका रुपमा रहने छन् ।

यसै गरी एक्स्पोमा सहभागिभएर जलविद्युतआयोजनाअवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमानिर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगतअवलोकन गर्ने व्यवस्थामिलाइएको छ । यो अभियानका साथै समग्र एक्स्पोले हाइड्रो टूरिजममा नेपाललाई विश्वबजारमाचिनाउनपनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

पहिलो संस्करणको हाइड्रोएक्स्पोबाट प्राप्त सुझावकाआधारमा यस पटक एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्यविषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै स्वदेशीलगानीको परिचालन, विदेशी मुद्रामा हुने कारोबारका जोखिम, नविकरणीय उर्जा, वाताबरणीय तथा सामाजिकव्यवस्थापन, जलविद्युत क्षेत्रकानयाँआयामलगायतविषयमा सरोकारवालाका साथै अवलोकनकर्तासँग छलफल तथा अन्तरकृया गरिनेछ ।

एक्स्पोमा हाइड्रोम्यापको डेस्कटप भर्सन पनि सार्वजनिक गरिँदैछ । इप्पान, निती फाउण्डेशनतथा द एशिया फाउण्डेशनको संयुक्त पहलमा तयार गरिएको हाइड्रोे म्यापज लविद्युत क्षेत्रको तथ्यांक राख्ने आधुनिक माध्यम हुनेछ । एक्स्पोले सोलार पिभि सिष्टम, वीइण्ड इनर्जी लगायतका नवीकरणीय उर्जाको सम्भाव्यतापहिचानगरि अघि बढ्न समेत विशेष पहलगर्नेछ ।

युवापुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहितगर्न हाइड्रो सम्बन्धी विभिन्न प्रतिष्पर्धात्मककार्यक्रम आयोजना पनि गरिनेछ । हाइड्रोपावर सम्बन्धिउत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइविद्यार्र्थी र नयाँआविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोैेट गरी पुरस्कार समेत प्रदानगरिने छ । यसै गरि एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पनि पुरस्कार बितरण गरिनेछ ।

जलविद्युतउत्पादनको गतितिब्र भईरहेका बेला आयोजना निर्माणमा महत्वपुर्ण योगदान दिँदै मुलुकलाई जलविद्युतमाआत्मनिर्भर मात्रनभई निर्यात गर्ने लक्ष्यमा अघि बढ्न एक्स्पोले टेवा पुर्याउनेआयोजकले विश्वास रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS