एनसिसी बैंकमा रोजगारीको अवसर

एनसिसी बैंकले विभिन्न पदका लागि कर्मचारीहरुको माग गरेको छ । बैंकले डिजिटल बैंकिङ अन्तर्गत अफिसर तहमा दुई जना कर्मचारी माग गरेको छ । यस पदका लागि आइटिमा स्नातकोत्तर गरी कम्तिमा पनि तीन वर्षको कार्यानुभव भएकाले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

यसैगरी बैंकले सहायक तहको सफ्टवेयर डेभलपरमा दुई जना कर्मचारी माग गरेका छ । आइटिमा स्नातक गरि आइटिको क्षेत्रमा काम गरेको अनुभव भएका आवेदकले आवेदन दिन सक्नेछन् ।

यस्तै बैंकले दुई जना चार्टर्ड एकाउन्टेन्ट माग गरेको छ । चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी दुई वर्षको कार्यानुभव भएकाले यसमा आवेदन दिन पाउने विज्ञापनमा उल्लेख गरिएको छ । यस्तै बैंकले सेक्युरिटि हेड पदका लागि पनि कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले यो सुचना प्रकाशित भएको १५ दिन भित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार