एनआइसी एसिया बैंकले अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र पाएको छ । वस्तु तथा सेवाको गुणस्तर, चुस्त व्यवस्थापन तथा संस्थागत सुशासनमा राम्रो भएको कारण आईएसओ ९००१ː २०१५’ प्रमाणपत्र पाएको बैंकले जनाएको छ ।
एनआइसीलाई बेलायतमा रहेको संस्था ‘युनाइटेड रजिस्ट्रार अफ सिस्टम’ले आइएसओ प्रमाणपत्र दिएको हो ।हाल बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउन्टर, ३७ वटा एक्सटेन्सन काउन्टर र २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत भण्डै १४ लाख ग्राहकहरूलाई सेवा दिइरहेको बैंकले उल्लेख गरेको छ ।