मिडिया इन्टरनेसनल काठमाडौंको आयोजनामा नेपाल राष्ट्र बैंकको प्रबर्द्धन तथा बीमा समिति र धितो बोर्डको सहयोगमा माघ ११ र १२ गते बैंकिङ एक्स्पो हुन भएको छ ।
कालिकानगरस्थित कालिका मानव ज्ञान माविको प्रांगणमा हुने एक्स्पोमा विभिन्न वाणिज्य बैंक, विकास बैंक, लघु वित्त, वित्तीय संस्था, फाइनान्स कम्पनी, बीमा कम्पनी र शेयर कारोवार गर्ने संस्थाहरुका ५० बढी स्टलहरु रहने आयोजक संस्थाका अध्यक्ष माधव निर्दोषले बताएका छन् ।
एक्स्पोमा बैंकहरुले आफ्ना प्रोडक्ट, ब्याज दर, सेवा लगायतका विषयमा अवलोकनकर्ताहरुलाई प्रत्यक्ष जानकारी गराउने छन् ।मेला अवधिमै बैंकिङ, पुँजी बजार र बीमा सम्बन्धी विज्ञहरुको सहभागितामा अन्तरक्रिया समेत सञ्चालन गरिने र कर्जा लिएर सफल उद्यमी बनेका व्यक्तिहरुका विषयमा तयार पारिएका डकुमेन्ट्री र नाटकहरु प्रदर्शन हुने आयोजकले बताएका छन् ।