नेटवर्थ बराबर एफपिओ मूल्य

Citizen Life Insurance Co

नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ शंसोधन गर्ने भएको छ । बोर्डको सोमबार बसेको सञ्चालक समितिको बैठकले निर्देशिका संशोधन गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार बोर्डले थप सार्वजनिक निष्काशन गर्दा कम्पनीहरुले प्रति सेयर नेटवर्थ बराबर मूल्य कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यसैगरी रियल सेक्टर कम्पनीको हकमा भने नेटवर्थको २ गुणासम्म एफपिओ मूल्य तोक्न सकिने व्यवस्था गरेको छ ।
साथै सबैभन्दा कम रेटिङ्ग भएका कम्पनीले सार्वजनिक निकाष्शन गर्न पाउँने छैनन् । अर्थात् ५ अंक पाएका कम्पनीले आईपिओ जारी गर्न पाउँनेछैनन् । ४ अंक पाएका कम्पनीले पनि शत प्रतिशत प्रत्याभूत गरेपछि मात्रै आईपिओ जारी गर्न पाउँनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार