बेनी र कुश्मामा आई.एम.ई लाइफ इन्स्योरेन्सको शाखा सञ्चालन

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले शाखा कार्यालयहरुको उद्घाटन गरेका हुन् ।

कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ ।

सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखा प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार