IME Life

राष्ट्रिय वाणिज्य बैंकले दिन थाल्यो सहुलियतमा कर्जा , परियोजनामा बीमा गनुपरेमा बीमाको पोलिसी बैंकमा पेश गरेर मात्र कर्जा भुक्तानी हुने

SPIL
NIC ASIA

रिना खत्री ं सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले उधम गर्न चाहनेहरुको लागि सहुलियतमा कर्जा दिने भएको छ । जसमा कर्जाको अवधी भने पाँच बर्षको हुनेछ । परियोजनामा बीमा गराउनुपरेको हकमा बीमाको पोलिसी बैंकमा पेश गरेर मात्र कर्जा भुक्तानी हुने व्यवस्था गरिएको छ । बैंकले उक्त कर्जा किस्ताबन्दीमा दिनेछ ।

सह्ुलीयतपूर्ण कर्जा वितरण कार्यक्रम शिक्षित युवा स्वरोजगार कर्जा र उच्च र प्राविधिक तथा व्यवसायीक शिक्षा कर्जा दिएर सुरुवात गरिएको हो । यसका साथै हालसम्म केन्दि«य कार्यलयमा ८ वटा स्विकृत भईसकेको २५ वटा स्वीकृतको फाईलको काम हुदै र ५० वटा फाईलहरु आईसकेको कम्पनीको प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताएका  छन्  । यो सुविधा हैन कर्जा हो । यसलाई सही ढङ्गमा सदुप्रयोग गरेर सही समयमा नै ऋण बुझाउन आग्रह गरेका छन् ।

Prabhu
Crest

वाणिज्य बैंकले व्यवसायिक कृषि पशुपालनको लागि ५ करोडसम्म, शिक्षत युवा स्वरोजगार ७ लाखसम्म,वैदेशिक रोजगारीमा फर्केका युवालाई १० लाखसम्म,महिला उद्यमशिलता १५ लाख, दलित समुदायको १० लाखसम्मको कर्जा दिने छ । यस्तै उच्च व्यवसायिक शिक्षा ५ लाख,भूकम्प पीडितको घर निर्माणको लागि ३ लाखसम्म कर्जा दिने जनाएको छ ।

पाँच वर्षको अवधीको लागि वाणिज्य बैंकले १० लाखसम्मको साधारण र १० लाखभन्दा बढीको विस्तृत परियोजना अध्ययनको आधारमा कर्जा दिने भएको हो । सरकारले ७ प्रकारका कर्जामा ५ प्रतिशत ब्याज अनुदान दिएको छ ।

जसमा महिला उद्यमशिलता कर्जा अधिकत्तम सम्म १५ लाख दिने वाणिज्य बैंकले जनाएको छ । वाणिज्य बैंकको आधार दर ६.३३ प्रतिशतमा २ प्रतिशत प्रिमियम जोडेर आउने प्रतिशतमा ६ प्रतिशत अनुदान कटाउदा महिला उद्यमीले अहिले २.३३ प्रतिशत ब्याजदरमा ऋण पाउने भएको छ ।

यस योजनामा सहभागी हुनको लागि,परियोजना प्रस्ताव,फर्म दर्ताको प्रमाणपत्र,आन्तरिक राजस्व कार्यालयमा भएको दर्ता प्रमाणपत्रको प्रतिलिपी लगायतका कागजजात चाहिन्छ । यसको लागि वाणिज्य बैंकको शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने छ ।

वाणिज्य बैंकले महिला उद्यमशिलता बाहेकको कर्जा भने ३.३३ प्रतिशतमा दिने छ । ५ प्रतिशत सरकारले दिने अनुदान कटाउदाबैंकले व्यवसायिक पशुपन्छी कर्जा, शिक्षित युवा र स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भूकम्प पीडित कर्जा उपलब्ध गराउने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS