IME Life

प्रिमियमको आधारमा मात्र कम्पनीको मूल्याङ्कन गर्नु राम्रो हैन :- शिवनाथ पाण्डे, प्रमुख कार्यकारी अधिकृत सूर्या लाईफ इन्स्योरेन्स

SPIL
NIC ASIA


३० बर्ष नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक कार्यभार समालेका शिवनाथ पाण्डे हाल सूर्या लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । केन्द्रिय बैंकबाट अवकास भएको दुई महिना पश्चात् उनले सूर्या लाईफमा इन्स्योरेन्समा प्रवेश गरेका थिए । संरचनाहरुलाई अनुशासित ढङगबाट काम गर्ने हो भने बिजनेस सफल हुन्छ भन्ने धारणा बोकेका पाण्डेले कम्पनीलाई सही रुपमा अघि बढाउने लक्ष्य राखेका छन् । यसै सन्दर्भमा कम्पनीको आगामी योजना र यसकोे गतिविधीका बारेमा उनी पाण्डेसँग इन्स्योरेन्सखबरकर्मी रिना खत्रीले गरेको कुराकानीको सार ः

तपाई बैकबाट बिमा क्षेत्रमा प्रवेश गर्नु भएको हो, बीमा र बैंकिङ्ग क्षेत्रमा कस्तो खालको भिन्नता पाउँनु भयो ?
बैंक र बीमा भनेको फरक क्षेत्र हो । बैंकलाई बचत र सम्पतीको सुरक्षा गर्ने एउटा माध्यमको रुपमा लिईन्छ । बिशेष गरि डिपोजिट राख्न र कर्जा प्रवाह गर्ने काम यसमा रहेको हुन्छ । बीमा भनेको भावी दिनमा आउने अनिश्चितताको साथी पनि हो । जनता बैंकमा जान्छ, बीमा कम्पनीहरु जनता माझ जान्छ । बीमाको क्षेत्रमा जनचेतना निकै कमी रहेको छ । बीमा कम्पनी भित्र रहेको जीवन बीमा र निर्जिवन बीमाको बारेमा अझै पनि बुझाउन सकेको छैन । यसले जोखिम कसरी न्यूनीकरण गर्छ र यसका फाईदाहरु के हुन् भनेर अझै बुझाउनै सकेका छैनौ । पैसा भयो भने बचत गर्न बैंकमा जाने प्रवित्ती रहेको छ । तर बीमा गर्नमा भने अझै पनि जाने प्रवित्तीको विकास हुन सकेको छैन । यो कारणले गर्दा बीमा क्षेत्र बैकिङ क्षेत्र जस्तै अघि बढ्न सेकेको छैन । बैंक त बचत मात्र हो । बीमा बचतका साथै अनिश्चिित जोखिमको साथी पनि हो भनेर बुझाउन नसकेको कारण यसमा सबैलाई समेट्न नै सकेको छैन ।
बैंकको तुलनामा बीमा किन अघि बढ्न नसकेको कारण के होला ?
फाइनान्सल एक्सेस भित्र बीमा पनि पर्दछ । राज्यले बीमा क्षेत्रलाई अर्थतन्त्रको बलियो खम्बाको रुपमा पनि लिनु पर्दछ । जसरी बैंकलाई राज्यले अर्थतन्त्रको खम्बाको रुपमा लिएको छ । बीमाको पहुँच वृद्धिको लागि जनचेतनाको रुपमा अघि बढाउन जरुरी देखिन्छ । बीमामा के फाईदाको बारेमा अझै पनि आमजनमानसमा यसको फाईदाको बारेमा हामीले बुझाउन सकेका छैनौ । बैंकले बिभिन्न पहुँचको काम गरेर बचतको महत्व बुझाएर नै यसको महत्व बढेको हो । बीमाको बारेमा कसरी बुझाउन सकिन्छ, त्यो आधारमा गर्नु पर्ने हुन्छ । जस्तै ः पाठ्यपुस्तकमा राखेर हुन्छ कि घरदैलो कार्यक्रम गरेर हुन्छ वा संचार माध्यमको प्रयोग गरेर हुन्छ । यसको दायरा कुन रुपमा बढाउन सकिन्छ त्यसमा ध्यान दिन जरुरी छ । पैसा भएपछि बैंकमा बचतको लागि जसरी मानिसहरु आफै जाने गर्छन् । त्यसरी नै बीमामा पनि आउनुपथ्यो । तर त्यो भईरहेको छैन । बीमा गर्दा के फाईदा त भन्ने बारेमा थाहा नै छैन भने उसले कसरी बीमा गर्छ । बैंकमा बचत गर्दा ब्याज आउछ वा उसको बचत सुरक्षित रह्न्छ भन्ने कारणले गर्दा त्यसतर्फ आकर्षण छन् । बीमाको महत्व नबुझेको कारणले गर्दा धेरै मानिसहरु यसमा आकर्षण हुन सकेको छैन । बीमा बचतको साथै सुरक्षा पनि हो भन्ने कुरा हामीले बुझाउन सकेका छैन । बीमा चेतनाको कार्यक्रममा बिशेष ध्यान दिनुपर्ने जरुरी रहेको छ । विपन्न वर्गाहरुलाई पनि सरकारले बीमा गराईदिने जस्ता कामहरु गर्दा अझ यसको दायरामा वृद्धि हुन सहयोग पुग्दछ ।
हाल जीवन बीमाको बजार कस्तोे छ ? नयाँ कम्पनीहरु आएसगै पूराना कम्पनीहरुलाई कस्तो चुनौती छ ?
जीवन बीमाको बजारलाई हालको स्थितीमा हेर्ने हो भने यसको बजार राम्रो नै छ भन्नुपर्छ । सम्रगमा यसको बजार व्यापक छ । जीवन बीमा सबैको लागि जरुरी छ । चाहे धनी होस् वा गरिब सबैलाई बीमा जरुरी रहेको हुन्छ । यसमा सबै वर्गलाई समेटिनुपर्छ । जीवन बीमाको बजारमा नयाँ कम्पनीहरुको प्रवेशसगै यसको पहुँच वृद्धिमा पनि यसले सहयोग पुराएको देख्न सकिन्छ । बीमाको दायरा बढेर १० प्रतिशतबाट १४ प्रतिशतमा पुगेको छ । बीमा कम्पनीमा नयाँ कम्पनीको आगमनले पक्कै पनि राम्रो पनि गरेको छ । बीमा बजार करीब खाली नै रहेको छ ।
नयाँ कम्पनीहरु आएसगै प्रतिप्रधात्मक रुपमा पनि हामी गईरहेको छ । नयाँ कम्पनीहरु आगमन सगै जीवन बीमाको व्यवसायमा पनि परिर्वतन भएको छ । जनमानसमा जीवन बीमा हुदाँ मुत्यु पछि पाउने भन्ने गलत धारणा रहेको छ । भूकम्प पछि कैयौं घरहरु क्षती भएको थियो तर बीमा गरेको कमै मात्रामा मात्र बीमा गरेको पाएको थियो । उक्त समयको स्थितीबाट पनि बीमाको पहुँच कुन रुपमा रहेको भनेर देख्न सक्छौ । भोलिको दिनमा जोखिमको साथीको रुपमा बीमा छ हौ भन्ने वातावरण अझै हामीले तय भने गर्न सकेका छैनै । त्यसैले जीवन बीमाको बजार जुन रुपमा अघि बढ्नुपर्ने हो । उक्त अनुुसारमा भने अघि बढ्न सकेको पाईदैन । हिजोको दिनमा बीमा बजारमा त्यही केक हो त्यही बाड्ने हो भन्ने धारणा रहेको थियो । तर नयाँ कम्पनीहरु आए सगै उक्त धारणालाई परिर्वतन गराएको छ ।
कम्पनीको प्रथम त्रैमासिक विवरण कस्तो रहयो ? हालको स्थितीमा कम्पनीले पुँजी कसरी जुटाउँलान ?
गत बर्षको तुलनामा राम्रो नै रहेको छ । संस्थाको सबलीकरणको लागि आर्थिक सूचाङकहरु त्यसलाई हामीले खासै महत्व नदिएर प्रिमियमलाई मात्र ध्यान दिएको पाएको छु । संस्था सबलीकरण हुनको लागि धेरै कुराहरुलाई समेट्न सकिन्छ । त्यो कुराहरुलाई मतलब नै नगरेर प्रिमियमको आधारमा मात्रै कम्पनीको मूल्याङकन गरिएको हुन्छ । त्यो अलि गलत धारणा रहेको छ । प्रिमियम त हरेक माध्यमबाट पनि सङकलन गर्न सकिन्छ । ऋण नै लिएर पनि प्रिमियम त उठाईरहेको छ नी यसलाई पनि बुझनु जरुरी छ । त्यसैले कम्पनीको मूल्याङकन गर्दा सबै पक्षलाई ध्यान दिन जरुरी देखिन्छ । नयाँ कम्पनीहरुको आधारमा हेर्ने हो भने भ्यालुएसन नै भएको छैन र बोनस दर पनि तोकिएको छैन ।
कुनै पनि सस्थाको स्थापना काल देखि हालसम्म कम्पनी दिगो रुपमा अघि बढीरहेको छ वा छैन । उक्त पक्षलाई पनि ध्यान दिन जरुरी रहेको हुन्छ ।
हाम्रो कम्पनी मर्जरमा जादैन । हाम्रो पुँजी १ सय १३ करोड पुँजी रहेको छ । यसको ७० प्रतिशत हामीले बोनस सहित राईट इस्यू कल गरिसकेका छौ । बीमा समितीले मार्फत यसको स्विकृति लिईसकेका छौ । यसका साथै आ २०७३/७४ को साधारणसभा मार्फत हामीलाई केही नाफा पनि आउछ । त्यसैले हामीलाई मर्ज हुनु केही जरुरी छैन । बीमा समितले तोकेको २ अर्ब रकम पुराउन सक्ने क्षमतामा हाम्रो कम्पनी रहेको छ ।

Prabhu
Crest


बीमक सघंले पुँजी पुरायाउन थप समय माग गरेको छ रे नि ?
बीमा कम्पनीको एउटा समस्या के रहेको छ भने, हामीले चाहेको समयमा साधारणसभामा जानै सक्दैनौ । बीमा समितीले एक्चुरी भ्यालुएसन नगरेसम्म हामीले साधारणसभा नै गर्न मिल्दैन । बीमा समितीले पनि एक्च्ुरीको लागि भारतमा पठाउने र त्यहाँबाट आउन पनि निकै समय लाग्ने र आएपछि साधारणसभाको लागि समय लाग्ने हुन्छ । यो प्रकृयाको कारणले गर्दा पनि यसमा समय लाग्ने हुन्छ । बीमा समितीले एनएफआरएस लागु गर्ने तयारीमा रहेको छ । जसको लागि पनि हामी लागि रहेका छौ । एनएफआरएस फाइनान्सलाई स्विकृति दिने हो भने हामी त्यही अनुसार नै तयारीमा जानु समय लाग्छ । त्यसैको लागि हामीले समय माग गरेको हो ।
एउटा अभिकर्ताले एउटै कम्पनीमा काम गर्न पाउने नयाँ बिधेयकमा ल्याउने कुरा भईरहेको छ यसको बारेमा के भन्नुहुन्छ ?
अभिकर्ता भनेको कम्पनीको मेरुदण्ड नै हो । अभिकताले नै बीमीतलाई बीमा योजनाको बारेमा जानकारी दिने र जनचेतनाको काम गरेको हुन्छ । यो एउटा प्रोफेसनल क्षेत्र पनि हो । त्यसैले एउटै कम्पनीमा रहेर काम गर्दा थप प्रोफेसनको पनि बिकास हुन्छ र क्षमता अभिवृद्धिमा पनि यसले सघाउ पुराउछ । अभिकर्ताले एउटा कम्पनीमा काम गर्दा उसलाई कम्पनी प्रती आफनोपनको महसुस गराउछ । दुई, तीन वटा कम्पनीमा काम गर्दा कम्पनी प्रती आफनोपनको विकास भने पक्कै गर्न सकिदैन । त्यसैले विधेयकमा एउटै कम्पनीमा काम गर्न पाउने व्यवस्था राख्ने छलफल भएको होला ।
अन्य कम्पनीको भन्दा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीमा कस्तो खालको प्रडक्ट रहेको छ ?कुन प्रडक्टमा बीमीतको आकर्षण बढी रहेको छ ?
अन्य कम्पनी भन्दा फरक प्रडक्टहरु भनेर कुनै त्यस्तो छुटै खालको बीमा योजना त छैन । कुनै पनि कम्पनीमा फरक खालको योजना भने हुदैन । त्यही भएको प्रडक्टलाई फरक ढङगबाट ल्याएको मात्र हो । हाम्रो कम्पनीमा हाल सबैभन्दा बढी बिमितको आखाँमा सूर्या ग्रामीण कर्जा म्यादी जीवन बीमा परेको छ । जसले ग्रामीण क्षेत्र र विपन्न वर्गलाई पनि यसले समेट्को छ , यसका साथै बाल जीवन बीमा, मनी ब्याक प्रडक्टहरु हाल यी बीमा योजनाहरु प्रती पनि बीमीतहरु आकर्षित भएका छन् ।
समितिले नयाँ तालिम केन्द्र स्थापना गरेको छ । साथै त्रिविबाट पनि एक्चुरी साईन्सले मान्यता पाएको छ, यसबाट तपाईहरुले कस्तो अपेक्षा राख्नु भएको छ ?
बीमा बजारमा दक्ष जनशक्तिको अभाव रहेको छ । हिजोको दिनमा तुलनामा कम्पनीहरुको सङख्या पनि बढेको छ । कम्पनी बढेसगै बजारमा दक्ष जनशक्ति अभाव झनै बढेको छ । बीमा समितीले तालिम केन्द« र त्रि.वि मान्यता प्राप्त एक्चुरी साईन्सले भावी दिनमा बीमा बजारमा भएको अभावलाई परिपूर्ती गर्ने काम गर्दछ । हिजोको दिनमा यसको कम महत्व भएको कारण यसप्रती कुनै ध्यान थिएन् । तर आजको दिनमा यसको पहुुँच बढेसगै बीमाको महत्व पनि बढ्दै गएको छ । डाक्टर, इन्जिनीयर, पाईलट बन्ने सोच रहेको बजारमा बैंकको महत्व बढेसगै सि.ए प्रति आकर्षित बढ्दै छ । बीमाको बजारलाई पनि एक्चुरी साईनसको निकै महत्व हुने भएकाले यस प्रती पनि आकर्षित हुदै गईरहेको छ । यसको महत्व बुझेर नै यस प्रती आकर्षित भईरहेका छन् ।बजारमा नक्कली पोलिसीहरु पनि जारी भईरहेको छ यसबाट बीमीतहरु कसरी सुरक्षित हुने त ?
बीमा के हो भनेर अझैसम्म बुझाउन सकेको छैन हामीले हालसम्म बीमाको पहुँच बढेपनि जुन रुपमा बीमाको चेतना हुनुपर्ने हो त्यो रुपमा बीमालाई लाग्न सकेको छैन । बैंकमा बचत गर्न कुनै एजेन्टको आवश्यकता पदैन । चाहेको समयमा बचत गर्न सक्छ । तर बीमा गर्न अभिकर्ता चाहिन्छ । बीमाको बारेमा जहिलेसम्म स्पष्ट रुपमा बुझदैन तबसम्म बीमीतलाई जानकारी त दिनै परयो ।
बीमीतले पनि बीमा लिदाँ आफैले पनि योजनाको बारेमा बुझनु जरुरी हुन्छ । कसैले भनेको वा विज्ञापनको आधारमा मात्र बीमा योजना खरीद गर्न बानी गर्नु हुदैन । आफूले पनि यसको बारेमा सर्तकता अपनाउनुपर्छ । मिस सेलिङबाट बच्न पनि बीमीत आफै सजग रहनुपर्छ । आफूले लिन लागेको बीमा योजनाको बारेमा के रहेछ भन्ने जानकारी आफूमा पनि रहन जरुरी रहेको हुन्छ ।
सरकारले जीवन बीमाको क्षेत्रमा के गरयो भने यसको बजारमा केही सुधार आउन सक्छ ?
अनिवार्य रुपमा बीमा गराउनेमा निर्जिवन बीमालाई मात्र समेटिएको छ । सम्पती बीमा घर बनाउदा ऋण लिनु पर्ने अवस्थामा, मोटर बीमा अनिवार्य गराएको छ र स्वास्थ बीमामा ध्यान दिएको पाईन्छ ।
सरकारले मोटर बीमा योजना ल्याएको छ । तर त्यसमा जीवन बीमालाई समेटेको भए राम्रो हुन्थ्यो । मोटर चालकको पनि जीवन बीमा गराउने जस्ता सुविधाहरु यसमा थप पनि गर्न सकिन्छ । बीमा चेतना जनताको घरदैलोसम्म गएर हुन्छ वा संचार माध्यमबाट यसको प्रचारमा बिशेष ध्यान दिन जरुरी रहेको छ ।

प्रविधिको प्रयोग मार्फत ग्राहकहरुलाई सुविधा दिन केही व्यवस्था गर्दै हुन्छ ?
प्रविधिको युग सँगै हामी त्यस अनुसार त चल्नै पर्छ । हाम्रो पनि चाहाना बीमीतले घरमै बसेर बीमा योजना लिन पाउनुपर्छ भन्ने नै हो । सूर्या ग्रामीण बीमा योजनालाई वेभ बेसमा लैजाने तयारीमा गदैछौ । जसको लागि नियमनकारी निकायको स्विकृति त लिनै परयो । ऐनमा भएको कुराहरुलाई मध्यनजर गरेर यस बिषयमा अघि बढ्नुपर्ने रहेको हुन्छ ।
कम्पनीको आगामी रणनीती के रहेको छ ?
हालको लागि त हामी पुँजी पुरायाउने योजना रहेका छौ । शाखा संजाल वृद्धि गर्ने, बीमीतले चाहेको बीमा योजना ल्याउने , नेपाली बजार सुहाउदो योजना ल्याउने, संस्थागत सुशासन कायम गर्ने र राम्रो कम्पनीको रुपमा स्थापित गराउने हाम्रो रणनिती रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS