भार्गव विकास बैंकले ६ प्रतिशत नगद लाभांश दिने भएको छ । पुस २० गते बसेको संचालक समितीको १८९ औ बैठकले हाल कायम ५० करोड १६ लाख रुपैयाँ चुक्ता पुँजीको ६ प्रतिशत नगद लभांश प्रस्ताव अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
भार्गवले नगद लाभांशका लागि ३ करोड ९६ हजार रुपैयाँ खर्च गर्नेछ । भार्गवले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ४५ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।