एभरेष्ट इन्स्योरेन्स हकप्रद बिक्रि खुला

एभरेष्ट इन्सुरेन्सको आज देखि संस्थापक समूहको १०५ प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । यसमा पुस २२ गतेसम्म आवेदन दिन सकिनेछ । कात्तिक २६ गतेसम्म मात्र कायम सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।


कम्पनीले १ः१.०५ अनुपातमा १४ लाख ३ हजार ३२५ कित्ता सेयर बिक्री खुला गरेको हो । एभरेष्टले हाल कायम चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँबाट १०५ प्रतिशत संस्थापक हकप्रद सेयर निष्कासन गरेको हो । संस्थापक सेयर हिस्सा ५१ प्रतिशत बनाउन पहिला १०५ प्रतिशत संस्थापक हकप्रद जारी गर्न लागिएको हो । यसपछि कायम हुने सम्पूर्ण सेयरधनीलाई फेरि ३०० प्रतिशत हकप्रद जारी गरिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा एभरेष्ट इन्सुरेन्सको हात्तिसार काठमाडौं र यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३६ लाख ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार