कामना सेवा बैंकको कंलकीमा नयाँ शाखा विस्तार

कामना सेवा विकास बैँक लिमिटेडले काठमाडौँको कलंकीमा नयाँ शाखा स्थापना गरेर कारोबार शुभारम्भ गरेको छ । बैँकका अध्यक्ष सुदिप आचार्य, सञ्चालकद्वय देवकृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण वस्नेतले संयुक्त रूपमा कारोबारको शुभारम्भ गरेका थिए ।

उपत्यकाका साथै बैँकले प्रदेश नं. १ र २ मा पनि शाखा कार्यालयहरू खोल्ने प्रक्रिया अगाडि बढाएको कम्पनीले जनाएको छ । बैँकले भर्खरै मात्र देशका ६१ वटै शाखा कार्यालयबाट एकैपटक घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय काठमाडौँको ज्ञानेश्वरमा रहेको कामना सेवा विकास बैँकले ६२ वटा शाखा र १७ वटा एटिएमबाट ग्राहकहरूलाई आफ्ना सेवा प्रदान गरिरहेको छ । यसका साथै, बैँकले लगायतका माध्यमबाट पनि सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको छ । समय सापेक्ष रूपमा आफ्ना सेवाहरू थप गर्दै जाने बैँकको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार