सोमबार चार कम्पनीहरुको बोनस सेयर मूल्य समायोजन

Citizen Life Insurance Co

सोमबार चार कमपनीहरुको मूल्य समायोजन भएको छ । मूल्य समायोजना हुने कम्पनीमा मेगा बैंकको पनि सेयर मूल्य समायोजन भएको छ । बैंकको १.००२३ प्रतिशत बोनस सेयरपछिको मूल्य नेप्सेले १ सय ८० रुपैयाँ १९ पैसा तोकेको छ । यसअघि कम्पनीको मूल्य २ सय १७ रुपैयाँ ६० पैसासम्म रहेको थियो ।

हिमालयन बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो। समायोजनपछिको मूल्य नेप्सेले ४ सय ८९ रुपैयाँ ५२ पैसा तोकेको छ । जसको आधारभूत मूल्य ६ सय ७४ रुपैयाँ २६ पैसा रहेको थियो ।

पूर्णिमा विकास बैंकको ५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। बैंकको समायोजनपछिको मूल्य नेप्सेले १ सय ५९ रुपैयाँ ०५ पैसा तोकेको छ । जसको आधारभूत मूल्य २ सय २६ रुपैयाँ ५२ पैसा रहेको थियो।

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको छ। समायोजनपछिको मूल्य नेप्सेले १ हजार २ सय ८३ रुपैयाँ ३३ पैसा तोकेको छ । जसको आधारभूत मूल्य १ हजार २ सय १५ रुपैयाँ ४२ पैसा रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार