सन नेपाल लाइफ द्धारा दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले पौष १५ गते धनगढीमा एक कार्यक्रमका अवसरमा मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले दुर्घटनामा परी मृत्यु भएका विमित दिनेश कुँवरको श्रीमति लक्ष्मी कार्की लाई रु १० लाख २६ हजारको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका महाप्रवन्धक कमल राज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल “धुर्मुस” र कुञ्जना धिमिरे “सुन्तली” ले संयुक्त रुपमा चेक रकम प्रदान गरेका हुन् ।

कार्यक्रममा स्थानीय समाजसेवी, पत्रकार, धनगढी उद्योग वाणिज्य संघका प्रतिनिधी र धनगढी शाखाका शाखा प्रवन्धक लक्ष्मी कान्त जैशीको उपस्थिती रहेको थियो ।

साथै कम्पनीले पौष १५ गते नै कैलाली जिल्लामा अपार जनसमुदायको उपस्थिीतिमा बृहत बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार