IME Life

अभिकर्तालाई विदेश लैजादा समितिको स्वीकृती लिनुपर्ने : के भन्छन् सरोकारवालाहरु

SPIL
NIC ASIA


अब देखि बीमा कम्पनीहरुले बीमा समितिको अनुमति बीमा अभिकर्ताहरुलाई विदेश भ्रमण लैजान नपाउँने भएका छन् । समितिले परिपत्र जारी गर्दै अभिकताई विदेश भ्रमणमा लैजान रोक लगाएको हो । कम्पनीहरुले जथाभावी रुपमा अभिकर्ताहरुलाई विदेश भ्रमणमा लैजान थालेपछि समितिले रोक लगाएको हो ।

समितिले पुस १० गते जीवन बीमा कम्पनीहरु र ११ गते निर्जिवन बीमा कम्पनीहरुलाई परिपत्र गर्दै अभिकर्ताहरुको विदेश भ्रमण रोक्न निर्देशन दिएको हो ।

Prabhu
Crest

चेक एण्ड ब्यालेन्समा राख्नु पर्छ:राजेन्द्र अमात्य,अभिकर्ता
विदेश लैजाने भन्दैमा जथाभावी खर्च गर्नु भएन । चेक एण्ड ब्यालेन्समा हुनुपर्छ । २-३ लाख रुपैयाँको व्यवसाय गर्दैमा विदेशमा लैजाने गर्नु भएन नी । विदेशमा लगेर पैसा सक्नु भन्दा पनि स्वदेशमा हेर्न र घुम्न लायक ठाउँहरु छन् । स्वदेशमा नै पनि त घुमाउँन सकिन्छ । त्यो भन्दा पनि विदेश लैजान पैसा नगद नै दिने भने अभिकर्ताले आफनो इच्छा अनुसार प्रयोग गर्न पाउँने थिए । विदेशी मात्रै लगेर अभिकर्ता प्रेरित हुँदैनन् । फेरी कम्पनी पनि त चल्नु परयो नि । यसको अर्थ विदेश नै घुमाउँन नलैजाने भन्ने होईन । किनभने विदशमा अध्ययन गरेर नयाँ कुरा सिक्न पनि सकिन्छ नि ।

समितिले पहिला नै गर्नुपथ्र्यो:डा.दामोदर बसौला,बीमा विज्ञ
बीमा समितिले व्यवस्थापन खर्चको लागी सिमा तोकिदिएको छ । जसभित्र रहेर कम्पनीहरुले खर्च गर्न पाउँछन् । अभिकर्ताहरुलाई अभिप्रेरित गर्नका लागी कम्पनीहरुले खर्च गर्न सक्छन् । तर, केही कम्पनीहरुले सिमा भन्दा बाहिर गएर खर्च गरेका छन् । त्यसलाई नियन्त्रण गर्नु जरुरी छ । किनभने यसले बीमा क्षेत्रमा विकृति ल्याउँछ । थोरै व्यवसवाय गर्नेलाई पनि विदेश घुमाउन लगेको देखियो । त्यो पनि अभिकर्तालाई कमिशन प्रयोग गरेर घुमाउन लगेका छन् । ऐन अनुसार कम्पनीहरुले कमिशन अभिकर्ताको खातामा जम्मा गरिदिनुपर्छ । त्यो कमिशनलाई अन्यत्र खर्च गर्न मिल्दैन । तर, बजारमा प्रतिस्पर्धाको लागी जथाभावी खर्च गरी विदेश लगेका छन् । यो एकदमै विकृति हो । यसलाई नियन्त्रण गर्नै पर्छ ।

जथाभावी विदेश लैजान थालेपछि रोेकेका हौ:भोजराज शर्मा,बीमा विज्ञ
बीमा समितिले बीमा कम्पनीलाई समितिको स्वीकृति बीमा अभिकर्तालाई विदेश भ्रमणमा लैजान रोक गरेको हो । यसको मुख्य कारण भनेको कम्पनीहरुले जथाभावी अभिकर्ताहरु लैजानु हो । हामीले कम्पनीहरुलाई सचेत गराउँदा पनि यो क्रम रोकिएन त्यसैले हामीले परिपत्र जारी गरेर नै कम्पनीहरुलाई निर्देशन दिएका हौ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS