नेप्से १ दशमलव ०८ अङकले घट्दा नेपाल लाईफको कारोबारमा वृद्धि

Citizen Life Insurance Co

नेप्से साताको अन्तिम  दिन १ दशमलव ०८ अङ्कले घटेर १२१५ दशमलव १६ अङ्कमा बन्द भएको छ । कारोबार रकम १ अर्ब रुपैया नाघेको छ ।

उत्पादनमूलक, अन्य, माईक्रोफाइनान्स र जीवन बीमा बाहेक सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ । जीवन बीमा कम्पनीको परिसूचक २ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा धेरै नेपाल नेपाल लाईफ इन्स्योरेन्सको १४ करोड ८६ लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरैसिटिजन इन्भेष्टमेन्ट ट्रष्टको सेयरमा ९ दशमलव ०३ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा सिदनर्थ इक्युटी ओरियन्टल स्क्रिमको शेयर ६ दशमलव ६६प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ० दशमलव ३ प्रतिशतले घटेको छ भने ५ हजार ७ सय ९६ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक २ दशमलव ७८ प्रतिशतले बढेर ६ हजार ३ सय ७ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ४५ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २८ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार