IME Life

सेयरमूल्यको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने

SPIL
NIC ASIA

सेयर मूल्यको ६५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले बैक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ । केन्द्रिय बैंकले मुद्रा तथा पूँजी बजारको समस्या समाधान गर्न बनेको समितिले बुझाएको सुझाव सहितको प्रतिवेदनको कार्यन्वयन गर्दै सेयर कर्जा सिमा बढाएको हो । यसअघि सेयरमूल्यको ५० प्रतिशतसम्म मात्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था थियो ।
केन्द्रिय बैकले वित्तिय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७५ संशोधन गर्दै वित्तिय संस्थाले प्रवाह गर्ने सेयर कर्जामा सुरक्षण बापत राखिने सेयरको मूल्यांकन गर्दा नेपाल स्टक एक्सचेञ्जबाट प्रकाशित पछिल्लो १८० कार्य दिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ सोही आधारमा कर्जा उपलब्ध गराउँन निर्देशन दिएको छ ।

मार्जिन कलमा राहत
अब देखि वित्तिय संस्थाहरुले मार्जिन कल गर्दा हकप्रद र बोनश सेयरहरुको पनि गणना गर्नुपर्नेछ । सुरक्षण राखिएको सेयरमा प्राप्त हुने यकिन भएको हकप्रद र बोनश सेयरहरु सुचीकरण नभएको अवस्थामा समेत गणना गर्न केन्द्रिय बैंकले निर्देशन दिएको छ ।
वित्तिय संस्थाहरुले प्रवाह गरेको सेयर कर्जा एक बर्षको हुनेछ । तर, ऋणीले आफुले लिएको कर्जाको सम्पूर्ण बक्यौता ब्याज भुक्तानी गरी कर्जा नियमति रहेको अवस्थामा कर्जा नविरकण गर्न सकिने केन्द्रिय बैंकले व्यवस्था गरेको छ । तर, अन्यउ प्रयोजनाको लागी प्रवाह भएको कर्जाको लागी थप सुरक्षण स्वरुप ऋणीले दिएको सेयरको धितोको हकमा यो व्यवस्था लागू हुने छैन । साथै बैक समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पूँजी कोष अनुपात कायम नगरेका बैक तथा वित्तिय संस्थाहरुले कर्जा उपलब्ध गराउँन पाउँने छैनन् । नेटवर्थ ऋणात्मक भएका, नेप्सेको सुचीकरणबाट हटेका, लेखा परिक्षण नगरेका वित्तिय संस्थाले कर्जा उपलब्ध गराउँन पाउँने छैनन ।
प्राथमिक पूँजीको ४० प्रतिशत सेयर कर्जा दिईने
बैक तथा वित्तिय संस्थाले आफनो प्राथमिक पूँजीको बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र अनुसार वित्तिय संस्थाले प्राथमिक पूँजको ४० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउँने व्यवस्था गरेको छ । यसरी कर्जा प्रदान गर्दा बैक तथा वित्तिय संस्थाले एउटा सूचीकृत कम्पनीको सेयरको हकमा आफना प्राथमिक पूँजीको बढीमा १० प्रतिशत ननाघने गरी मात्र कर्जा प्रवाह गर्नुपर्नेछ । यस्तो कर्जा कूल बक्यौता कर्जा रकमको १० प्रतिशत भन्दा बढी नहुने गरी प्रवाह गर्नुपर्नेछ ।
बैक तथा वित्तिय संस्थाको सेयर आफैले सेयर सकार्न नपाउँने
बैक तथा वित्तिय संस्थाले आफनै सेयर सकार गरी कर्जा असुली गर्न पाउँने छैनन् । यस अघि वित्तिय संस्थाको सेयर सकार गरी कर्जा असुली गरेको भएमा सकार गरिएका सेयरहरु अनिवार्य रुपले विक्री गर्नुपर्नेछ । विशेष कारणबश विक्री हुन नसकी बाँकी रहेका सेयरहरुको हकमा सेयर सकार गरेको मूल्य बराबरको हुन आउँने रकमको शत प्रतिशत नोक्सानी व्यवस्था गर्नुपर्नेछ ।
बैकले सहायक कम्पनीबाट ब्रोकर गर्न पाउँने
बाणिज्य बैंक तथा वित्तिय संस्थाहरुले सहायक कम्पनी स्थापना गरी ब्रोकरको काम गर्न पाउँने भएका छन् । केन्द्रिय बैंकले गरेको व्यवस्था अनुसार यस्ता कम्पनीमा ब्रोकरको अनुमती लिदा बैंकहरुले धितोपत्र बोर्डबाट अनुमती लिएको हुनुपर्छ । जसमा कम्पनीको कम्तीमा ५१ प्रतिशत लगानी हुनुपर्नेछ । आफनै बैंकको सेयर निष्काशन भने गर्न पाईनेछ छैन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS