सन नेपाल लाईफ इन्स्योरेन्सले दैनिक रु ५ रुपैयाँमा १० लाखको सम्मको बीमा सुरक्षा दिने योजना ल्याएको छ । कम्पनीले १८ घातक रोगहरुमा ५ लाखको बीमाङ्कको ५ बर्षे म्यादी जीवन बीमा योजना ल्याएको छ ।
यस बीमा योजना अन्तर्गत यो योजना मार्फत ५ लाख रुपैयाँ बराबर जोखिम र घातक रोगको जोखिम विरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण बीमीतले पाउनेछ ।
१६ वर्षदेखि ६५ वर्ष उमेरका इच्छुक व्यक्तिले यो बीमा गर्न सक्छन् । यद्दपी उमेरको आधारमा बीमा शुल्कमा केही तल माथी हुन सक्ने व्यवस्था गरेको छ । यस बीमा योजना सुरु भएको मितीबाट बीमा अवधि भित्र जुनसुकै कारणबाट बीमीतको मुत्यु भएमा बीमाङ्क रकम प्रदान गरिने यसमा व्यवस्था रहेको छ ।