IME Life

पूँजी बजारको समस्या समाधान लागी नीतिगत सुधार गरिने : गभर्नर

SPIL
NIC ASIA

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पूँजी बजारको समस्या समाधानका लागी केही नीतिगत सुधारको तयारी भै रहेको बताएका छन् । मंगलबार अर्थ समितिमा भएको छलफलमा गभर्नर नेपालले मुद्रा र पूँजी बजारको सुधारको लागी नीतिगत सुधार गर्न लागिएको बताएका हुन् । मार्जिन कल, बैकलाई ब्रोकर लाईसेन्स दिने, गैरआवासिय लगानी भित्राउने, बण्ड मार्केट विस्तार गर्ने लगायतका बिषयमा आवश्यक नीतिगत व्यवस्था गरी जारी गरिने उनले बताएका छन् ।

छलफलमा अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहालले भने पूँजी बजारको बिकासमा केही नीति समस्या रहेको बताए । त्यसैले पूँजी तथा मुद्रा बजारका बिषयमा अर्थमन्त्रालय गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनको आधारमा कुनै निर्णय लिईने बताए । पुँजी बजार प्राविधिक बिषयमा हो । हतारमा निर्णय गर्दा नराम्रो असर पर्न सक्ने भन्दै अर्थमन्त्रालयको प्रतिवेदन अध्ययन गरेर निर्देशन दिईने उनले बताए ।

Prabhu
Crest

छलफलमा गभर्नर नेपालको पूँजी बजारको सुधार लागी बण्ड मार्केटको विस्तार गरिने बताएका छन् । अन्तराष्ट्रिय बजारमा बण्ड बजारले पूँजी बजारलाई नियन्त्रण गर्ने भएकालाई नेपालमा पनि यसको विस्तार अत्यन्तै आवश्यक रहेको बताए । उनका अनुसार हाल नेपालमा बण्ड मार्केटको हिस्सा २ प्रतिशत मात्रै छ ।

छलफलमा बोल्द पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीले सरकारले पूँजी बजारलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् । अर्थ समितिमा मंगलबार भएको छलफलमा कार्कीले पूँजी बजार सुधारका लागी सरकारको बिषेश ध्यान जानुपर्ने बताए । उनका अनुसार नेपालको पूँजी बजारमा २० प्रतिशत जनसंख्या सहभागी छन् । १२ लाख मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा संलग्न छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS