IME Life

सबैभन्दा धेरै कारोबार भएका कम्पनि र टप ५ ब्रोकरबाट किनबेच भएका प्रमुख कम्पनिहरु

SPIL
Sanima Reliance

गएको ३ दिनमा १८५ वटा कम्पनिहरुको कूल ६३ लाख ६० हजार २६३ कित्ताको कारोबार हुँदा कूल रु. २ अर्ब १० करोड ३८ लाख २१ हजार ४३४ रकम बराबरको कारोबार भएको छ । नेप्से गएको साताको पहिलो दिन आइतबार ११ सय ६५ दशमलव ९७ को विन्दुबाट ३२ दशमलव २४ अंकले बढेर ११ सय ९८ दशमलव १८ को विन्दुमा पुग्न सफल भएको थियो । त्यस यता गएको दुवै दिनको कारोबारमा नेप्से परिसुचकमा गिरावट आई मंगलबार ११ सय ८६ दशमलव ०३ को विन्दुमा नेप्से बन्द भएको छ ।

गएको ३ दिनको कारोबारमा एनएमबी बैंकको शेयर किनबेच भएको देखिन्छ । त्यसपश्चात नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर पनि धेरै किनबेच भएको छ । यस साताको ३ वटा कारोबारमा सबैभन्दा धेरै कारोबार हुने ३० वटा कम्पनीहरुको सूचि निम्नानुसार रहेको छ ।

Crest
Meta Holidays

यसैगरी यो ३ वटा कारोबार दिनमा सबैभन्दा धेरै रकम बराबरको खरिद दलाल नं. ३४ गरेको छ । उसलाई पछ्याउँदै दलाल नं. ४९, ४४, ७ र ३९ ले सूचिमा दोश्रो देखि पाँचौ स्थानमा आफूलाई राख्न सफल भएका देखिन्छ ।

यसैगरी धेरै रकमको विक्री गर्नेतर्फ पनि दलाल नं. ३४ नै अग्रस्थानमा रहेको छ । यसलाई पछ्याउँदै दलाल नं. ३२, ४४, ४९ र ५८ ले पहिलो दोश्रो देखि पाँचौ स्थानमा आफूलाई राख्न सफल भएको देखिन्छ ।

खरिद तथा बिक्री तर्फ सबैभन्दा धेरै रकमको कारोबार गर्ने टप २० दलालहरुको सूचि निम्नानुसार रहेको छ ।

यसैगरी दलालहरु मध्ये पनि प्रथम पाँच दलालहरुले गरेको खरिद तथा विक्रिीको तस्विरलाई तल टेबल तथा ग्राफका माध्यमबाट देखाइएको छ ।

 

१. खरिद तथा बिक्री तर्फ पहिलो ३४ नं. दलाल:
खरिद तथा बिक्री दुवैमा पहिलो स्थानमा रहन ओगटेको यस ३४ नं. बाट यो ३ दिनमा सबैभन्दा धेरै खरिद तथा बिक्री गरिएको शेयर लाइफ इन्स्योरेन्स कम्पनि रहेको छ । यसलाई पछ्याउँदै खरिद तर्फ एनएमबी बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्स दोश्रो देखि पाँच स्थानमा रहेको देखिन्छ भने बिक्रतर्फ दोश्रो देखि पाँचौ स्थानमा क्रमशः नेपाल बैंक, एनएमबी बैंक, प्राइफलाइफ इन्स्योरेन्स र ग्लोबल आइएमई बैंक रहेको देखिन्छ ।

टप २५ वटा खरिद तथा बिक्री भएको शेयरलाई तालिकामा तथा ग्राफमा निम्नानुसार हेर्न सकिनेछ ।

२. खरिद तर्फ ४९ नंं दलाल र बिक्रि तर्फ ३२ नं. दलाल:
दोश्रो नं. मा खरिद गर्नेतर्फ दलाल नं. ४९ रहेको छ भने बिक्री तर्फ दलाल नं. ३२ रहेको छ । दलाल नं. ४९ ले खरिद गरेको प्रमुख शेयरमा प्रथम देखि पाँच स्थानमा क्रमशः नेको इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्स रहेकाछन भने बिक्री गर्ने तर्फ दलाल नं. ३२ को सूचिमा प्रथम देखि पाँच स्थानमा क्रमशः सनराईज बैंक प्रमोटर शेयर, नेपाल बैंक, बैंक अफ काठमाण्डौ, गरिमा विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स कं. लि. रहेकाछन् ।

दोश्रो नं. मा खरिद तथा विक्री गर्ने दलालको टप २५ कम्पनीको सूचि तथा ग्राफ निम्नानुसार रहेको छ ।

३. खरिद तर्फ ४४ नंं दलाल र बिक्रि तर्फ ४४ नं. दलाल:
तेश्रो नं. मा खरिद गर्नेतर्फ दलाल नं. ४४ रहेको छ भने बिक्री तर्फ पनि दलाल नं. ४४ नै रहेको छ । दलाल नं. ४४ ले खरिद गरेका प्रमुख पाँच कम्पनिहरुमा प्रथम देखि पाँचौ स्थानमा क्रमशः प्राइम कमर्सियल बैंक प्रबद्र्धक शेयर, एनसिसि बैंक, नेपाल बैंक, एनएमबी बैंक र एनएमबी बैंक प्रबद्र्धक शेयर रहेकाछन् । यसैगरी बिक्री तर्फ दलाल नं. ४४ को सूचिमा प्रथम देखि पाँच स्थानमा क्रमशः प्राइम कमर्सियल बैंकको प्रबद्र्धक शेयर, छिमेक विकास बैंक, नेपाल बैंक, नागरिक लगानी कोष र एनएमबि बैंक रहेकाछन् ।

तेश्रो नं. मा खरिद तथा विक्री गर्ने दलालको टप २५ कम्पनीको सूचि तथा ग्राफ निम्नानुसार रहेको छ ।

४. खरिद तर्फ ७ नंं दलाल र बिक्रि तर्फ ४९ नं. दलाल:
चौथो नं. मा खरिद गर्नेतर्फ दलाल नं. ७ रहेको छ भने बिक्री तर्फ दलाल नं. ४९ रहेको छ । दलाल नं. ७ ले खरिद गरेका प्रमुख ५ शेयरमा प्रथम देखि पाँच स्थानमा क्रमशः सनराइज बैंक प्रबद्र्धक शेयर, एनसिसि बैंक, नागरिक लगानी कोष, प्रभु बैंक, र नेपाल लाइफ इन्स्योरेन्स रहेकाछन् भने बिक्री गर्ने तर्फ दलाल नं. ४९ को सूचिमा प्रथम देखि पाँच स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, लाइफ इन्स्योरेन्स, नेपाल बैंक र लुम्बिनी विकास बैंक रहेकाछन् ।
चौथो नं. मा खरिद तथा विक्री गर्ने दलालको टप २५ कम्पनीको सूचि तथा ग्राफ निम्नानुसार रहेको छ ।

५. खरिद तर्फ ३९ नंं दलाल र बिक्रि तर्फ ५८ नं. दलाल ः
पाँचौं स्थानमा खरिद गर्नेतर्फ दलाल नं. ३९ रहेको छ भने बिक्री तर्फ दलाल नं. ५८ रहेको छ । दलाल नं. ३९ ले खरिद गरेका प्रमुख ५ कम्पनिमा प्रथम देखि पाँच स्थानमा क्रमशः प्राइम कमर्सियल बैंक प्रबद्र्धक शेयर, नेपाल इन्भेष्टमेन्ट बैंक, लुम्बिनि जनरल इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक प्रबद्र्धक शेयर र सुर्या लाइफ इन्स्योरेन्स रहेकाछन् भने बिक्री गर्ने तर्फ दलाल नं. ५८ को सूचिमा प्रथम देखि पाँच स्थानमा क्रमशः एनएमबी बैंक, प्रभु बैंक, एनसिसि बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआइसि एशिया बैंक रहेकाछन् ।

पाँचौ नं. मा खरिद तथा विक्री गर्ने दलालको टप २५ कम्पनीको सूचि तथा ग्राफ निम्नानुसार रहेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x