सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सिभिल बैंक बिच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।
सम्झौतापत्रमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ सुजित कुमार शाक्यले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता सगै सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्स बाट प्राप्त गर्न सक्नेछन् ।
साथै उत्कृष्ट सेवा सहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पुरयाउन ६० करोड मुल्यकोे शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।