SKIP THIS

PCl

मुक्तिनाथ बैंक र नेपाल क्यान्सर हस्पिटल बीच सम्झौता, बैंकका ग्राँहक लाई नेपाल क्यान्सर हस्पिटलमा विशेष छुट

नेपाल क्यान्सर अस्पताल र मुक्तिनाथ विकास बैंक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालमा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा उपचार गराउँदा विभिन्न तोकिएका सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी आफ्ना करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग तथा लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार