IME Life

निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा औसत २८ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा औसत २८ प्रतिशतले बढेको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज महिना सम्ममा १६ वटा पूराना निर्जीवन बीमा कम्पनीहरुले ६३ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

चालु आवको पहिलो त्रैमासको अवधिमा पुराना निर्जीवन बीमा कम्पनीहरुमध्ये प्रीमियर इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा कम्पनीको खुद नाफा ९३ दशमलव ९४ प्रतिशतले बढेको छ । उक्त अवधिमा कम्पनीले ४ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

त्यस्तै गत आवको तुलनामा चालु आवमा खुद नाफा बृद्धि भएको आधारमा शिखर इनस्योरेन्स कम्पनी दोस्रोमा परेको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको खुद नाफा १० दशमलव ६४ प्रतिशतले बढेको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा कम्पनीले १० करोड ५७ लाख रुपैया खुद नाफा कमाउन सफल भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ९ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै तेस्रोमा भने हिमालयन जनरल इन्स्योरेन्स परेको छ । कम्पनीको खुद नाफा ८१ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको असोज मसान्त सम्ममा ४ करोड ५ लाख खद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले २ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीहरु

चालु आवको पहिलो त्रैमास अवधिमा शिखर इन्स्योरेन्स कम्पनीले धेरै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा १० करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । त्यस्तै दोस्रोमा नेको इन्स्योरेन्स परेको छ । कम्पनीले पहिलो त्रैमासको अवधिमा ५ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । तेस्रोमा परेको एनलजी इन्स्योरेन्सले ५ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नयाँ कम्पनीहरुको खुद नाफा १ करोड ४८ लाख

चालु आवको पहिलो त्रैमास अवधिमा नयाँ निर्जीवन बीमा कम्पनीहरुले १ करोड ४८ लाख ४८ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । उक्त अवधिमा अजोड इन्स्योरेन्सले ५ लाख ८७ हजार, जनरल यन्स्योरेन्स ५ लाख २३ हजार र सानिमा इन्स्योरेन्स कम्पनीले ३ लाख ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS