IME Life

बीमालेख धितोकर्जा औसत ५० प्रतिशतले बढ्यो

SPIL
NIC ASIA

चालु आर्थिक बर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा जीवन बीमा कम्पनीहरुको बीमालेख धितो कर्जा औसत ५० प्रतिशतले बढेको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तिय विवरण अनुसार चालु आवको असोज महिना सम्ममा ९ वटा पुराना जीवन बीमा कम्पनीहरुले २३ अर्ब २ करोड ५६ लाख रुपैयाँ बराबरको बीमालेख धितो कर्जा प्रवाह गरेका छन् ।
चालु आवको पहिलो त्रैमास अवधिमा पुराना जीवन बीमा कम्पनीहरुमध्ये एशियन लाईफ इन्स्योरेन्सले सबैभन्दा बढी बीमालेख धितो कर्जा गरेको छ । गत आवको सोही अवधिको तुलनामा चालु आवमा कम्पनीको बीमालेख धितो कर्जा ८५ प्रतिशतले बढेको छ । उक्त अवधिमा कम्पनीले ९५ करोड ८६ लाख ४४ हजार रुपैयाँ बीमालेख धितो कर्जा भएको छ । गत आवको सोही अवधिमा कम्पनीले ५१ करोड ६८ लाख ७१ हजार रुपैयाँ बीमालेख धितो कर्जा गरेको थियो ।

त्यस्तै गत आवको तुलनामा चालु आवमा बीमालेख धितो कजा बृद्धि भएको आधारमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी दोस्रोमा परेको छ । गत आवको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको बीमालेख धितो कर्जा ८० प्रतिशतले बढेको छ । चालु आवको पहिलो त्रैमासमा कम्पनीले २३ करोड ७७ लाख रुपैयाँ बीमालेख धितो कर्जा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १३ करोड १६ लाख रुपैयाँ बीमालेख धितो कर्जा गरेको थियो ।
तेस्रोमा भने सूर्या लाईफ इन्स्योरेन्स परेको छ । कम्पनीको बीमालेख धितो कर्जा ६८ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा २७ करोड २८ लाख रुपैयाँ बीमालेख धितो कर्जा गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले १६ करोड १६ लाख रुपैयाँ बीमालेख धितो कर्जा गरेको थियो ।

Prabhu
Crest

सबैभन्दा धेरै बीमालेख धितो कर्जा गर्ने कम्पनीहरु
चालु आवको पहिलो त्रैमास अवधिमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेर बीमालेख धितो कर्जा भएको छ । कम्पनीले असोज मसान्तसम्ममा ९ करोड ४६ लाख रुपैयाँ बीमालेख धितो कर्जा गरेको छ । त्यस्तै, दोस्रोमा लाईफ इन्स्योरेन्स कर्पोशन नेपाल परेको छ । कम्पनीले पहिलो त्रैमास अवधिमा ६ करोड ४७ लाख रुपैयाँ बीमालेख धितो कर्जा गरेको छ । तेस्रोमा परेको नेशनल लाईफ इन्स्योरेन्सले २ करोड ७८ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेको छ ।

तिनवटा नयाँ कम्पनीहरुले बीमालेख धितोकर्जा ९ करोड ८ लाख
चालु आवको पहिलो त्रैमास अवधिमा नयाँ जीवन बीमा कम्पनीहरुले ९ करोड ८ लाख रुपैयाँ बीमालेख धितो कर्जा प्रवाह गरेका छन् । उक्त अवधिमा युनियन लाईफ इन्स्योरेन्सले ७ करोड ६६ लाख, आईएमई लाईफ इन्स्योरेन्सले १ करोड ७ लाख र सिटिजन लाईफ इन्स्योरेन्सले ३५ लाख ३१ हजार रुपैयाँ बीमालेख धितोकर्जा प्रवाह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS