प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता अन्तरक्रिया कार्यक्रम सम्मपन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम ५ नम्बर प्रदेश कार्यालय बुटवलको आयोजनामा सम्पन्न गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथिका रुपमा कम्पनि प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई रहेका थिए । भने विशिष्ट अतिथिहरुमा सुचना प्रविधि तथा प्रशासन विभाग प्रमुख मन्दिल अधिकारी र मार्केटिंग विभाग प्रमुख नविन थापा, अतिथि कम्पनिका ५ नं. प्रदेश प्रमुख शिव पौडेल लगाएत रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिले कम्पनिको पछिल्लो अवस्था र भावी कार्ययोजना बताउदै हरेक बर्ष नयां बीमा योजना ल्याउने र कम्पनिले फरक ढंगले कार्य गरी सर्बोत्कृष्ट कम्पनि भएको र यसैलाइ निरन्तरता दिने बताए ।
कायैक्रममा बोल्दै विशिष्ट अतिथिका रुपमा रहेका मार्केटिङ विभाग प्रमुखले अभिकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्नुका साथै उपस्थित संग अन्तक्रिया गरी आगामी दिनमा अगाडि बढ्न र कम्पनिको व्यवसाय बृदि गर्न आ आफ्नो स्थान बाट लाग्नुपर्ने बताए ।
कार्यक्रममा अर्घाखाची कार्यालय प्रमुख नारायण घिमिरे परासीका प्रमुख शिवनाथ गुप्ता, भैरहवाका प्रमुख सन्तोष अर्याल, बुटवल शाखाका अप्रेशन इन्चार्ज सुरेश ज्ञवाली लगाएतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट कार्य गर्ने ३० भन्दा बढी एजेन्सी मेनेजरहरुलाइ सम्मान गरीएको थियो ।