मेगा बैंकले घोषणा गर्यो लाभांश

Citizen Life Insurance Co

मेगा बैंक लिमिटेडले ७ दशमलव ८५ प्रतिशत लाभांश घोषणा गरेको छ ।कम्पनीको बुधबार बसेको संचालक समितिको बैठकबाट १ दशमलव ००२३३ प्रतिशत बोनस शेयर र ६ दशमलव ८५ प्रतिशत नगद लाभांश दिने गरेको छ ।

प्रस्तावित लाभांशका लागि नेपाल राष्ट्र बैंक र बैंकको वार्षिक साधारण सभाबाट पारित पश्चात मात्र वितरणमा आउने छ ।

बैंकले १० अर्ब २८ करोड ५५ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजीको ६ दशमलव ८५ प्रतिशतले हुन आउने ७० करोड ४५ लाख ५८ हजार रुपैयाँ बराबरको नगद लाभांश तथा १ दशमलव ००२३३ प्रतिशतले हुन आउने १० करोड ३० लाख ९४ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार