IME Life

जीवन बीमा कम्पनीहरुले जारी गरे ४७ लाख १९ हजार बीमालेख, नयाँमा रिलायबल र पूरानोमा नेपाल लाईफ इन्स्योरेन्स अगाडी

SPIL
NIC ASIA

चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा जीवन बीमा कम्पनीहरुले ४७ लाख १९ हजार २ सय २३ वटा बीमालेख जारी गरेका छन् ।

कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार चालु आवको असोज महिनासम्ममा नेपाल लाईफ इन्स्योरेन्सले सबैभन्दा धेरै ११ लाख ८१ हजार १ सय ८३ वटा बीमालेख जारी गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा १० लाख ९४ हजार ४ सय ८६ वटा बीमालेख जारी गरेको थियो । त्यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ७ लाख ४७ हजार ४ सय १९ वटा बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ८ लाख २ हजार ३ सय ६६ वटा बीमालेख जारी भएका थिए । नेशनल लाईफ इन्स्योरेन्स पछि बढी बीमालेख जारी गर्ने कम्पनी प्राईम लाईफ इन्स्योरेन्स रहेको छ । प्रथम त्रैमासको अवधिसम्ममा कम्पनीले ४ लाख ६१ हजार ३ सय ८६ वटा बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ५ लाख १ हजार ८ सय ३० बीमालेख कायम रहेका थिए ।

Prabhu
Crest

नयाँ कम्पनीहरुले जारी गरे ३ लाख २० हजार बीमालेख
रिलायबल लाईफ इन्स्योरेन्सको २ लाख १२ हजार ८
चालु आवको पहिलो त्रैमासको अवधिसम्ममा ९ वटा नयाँ जीवन बीमा कम्पनीहरुले ३ लाख २० हजार ८७ वटा बीमालेख जारी गरेका छन् । सो अवधिमा रिलायबल लाईफ इन्स्योरेन्सले सबैभन्दा धेरै २ लाख १२ हजार ८ सय वटा बीमालेख जारी गरेको छ । यस्तै दोस्रोमा आईएमई लाईफ इन्स्योरेन्स रहेको छ । प्रथम त्रैमासको अवधिमा आईएमई लाईफ इन्स्योरेन्स कम्पनीले ५५ हजार ८७ वटा बीमालेख जारी गरेको छ भने युनियन लाईफ इन्स्योरेन्सले २२ हजार २२ वटा बीमालेख जारी गरेको छ ।

यसै गरि नयाँ कम्पनीहरुमा कम बीमालेख कायम गर्ने कम्पनी सानिमा लाईफ इन्स्योरेन्स रहेको छ । प्रथम त्रैमासको अवधिमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनीले ५ सय ६६ वटा बीमालेख जारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS