अजोड इन्स्योरेन्स र महालक्ष्मी बैंक बीच बीमा सेवा सम्झौता

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड र महालक्ष्मी बिकास बैंक लिमिटेड बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सोमबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कायर्कारी अधिकृत कुमार वहादुर खत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति भए संगै बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने अजोड इन्स्योरेन्सले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार