SKIP THIS

Slicl

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र कैलाश बिकास बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र कैलाश बिकास बैंक लिमिटेड बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फ़ बाट का.मु.प्रमुख कार्यकारी अधिकृत कृष्ण गोपाल मानन्धर तथा इन्स्योरेन्सको तर्फ़बाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका छन् ।


यस सम्झौता पश्चात् ग्राहकहरुले रिलायबल लाईफ इन्स्योरेन्सकोे सेवा सुविधाहरु कैलाश बिकास बैंक मार्फत पाउने भएका छन् । साथै बैंकका ७८ वटै शाखा संजाल प्रयोग गरि देशको कुना कुनामा बीमाको पहुचं बिस्तार गर्ने आशा लिएको रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनील बताएका छन् ।

रिलायबल लाईफ इन्स्योरेन्सले हालसम्म विभिन्न १३ प्रकारका जीवन बीमा योजनाहरु बिक्री गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार