हिमालयन बैंक र चिरायू अस्पताल बीच सम्झौता

हिमालयन बैंक लिमिटेड र चिरायू अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा छुट दिने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा र चिरायू अस्पतालका तर्फबाट संचालक चण्डेश्वरानन्द राज वैद्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार चिरायू अस्पतालले हिमालयन बैंकद्धारा जारी भएका विभिन्न ब्राण्डका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डधारी ग्राहकहरुलाई अस्पतालले प्रदान गर्ने विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट प्रदान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार