SKIP THIS

SLICL
Prabhu Life Ad Final

नेप्से १८.८९ अकंले बढ्यो, कारोबार रकम ४७ करोड ४२ लाख

नेप्से साताको पहिलो दिन १८ दशमलव ८९ अङ्कले बढेर ११६७ दशमलव ६७ अङ्कमा बन्द भएको छ । कारोबार रकम ४७ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।

उत्पादनमूलक क्षेत्रको पसिुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । निर्जीवन बीमा क्षेत्रको परिसुचमा ३ दशमलव २९ प्रतिशतको वृद्धि आएको छ ।

Biz Bazar
NLIC

सबैभन्दा धेरै छिमेक लघुवित्त बिकासको ५ करोड ७७ लाख बराबरको शेयर किनबेच भयो ।सबै भन्दा धेरै मिरमिरे लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै रैराङ हाइड्रोपावरको शेयर ४ दशमलव ४६ प्रतिशतले घट्न पुग्यो ।

निर्जीवन बीमा कम्पनीको उपसुचक ३ दशमलव २९ प्रतिशतले बढेको छ भने ५ हजार २ सय ५४ रुपैँया को बिन्दुमा कारोबार बन्द भएको छ । यसै गरी जीवन बीमा कम्पनीको उपसूचक २ दशमलव ५९ प्रतिशतले बढेर ५ हजार २ सय ७८ रुपैयाँ को बिन्दुमा बन्द भएको छ ।

आज दिनभरिमा निर्जीवन बीमा कम्पनीहरूको ४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ , भने जीवन बीमा कम्पनीहरूको २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
निर्जीवन र जीवन बीमाको उपसुचकमा वृद्धि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार