IME Life

निर्जीवन बीमा कम्पनीहरुले जारी गरे ४ लाख ९२ हजार बीमालेख नयाँमा अजोड इन्स्योरेन्स र पुरानोमा शिखर इन्स्योरेन्स अगाडि

SPIL
NIC ASIA


चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ९२ हजार २ सय ८ वटा बीमालेख जारी गरेका छन् । चालु आवको पहिलो त्रैमासमा १९ निर्जीवन बीमा कम्पनीहरुले ४ लाख ९२ हजार २ सय ८ बीमालेख जारी गरेका हुन् । अघिल्लो आवको सोही अवधिमा कम्पनीहरुले ४ लाख ५४ हजार १ सय २४ वटा बीमालेख जारी गरेका थिए ।

कम्पनीहरुले प्रकाशन गरेको वत्तीय विवरण अनुसार चालु आवको असोज महिनासम्ममा शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै ६९ हजार १ सय ३० वटा बीमालेख जारी गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा ७५ हजार ९ सय ८१ वटा बीमालेख जारी गरेको थियो । त्यस्तै, शिखर इन्स्योरेन्स पछि नेको इन्स्योरेन्स कम्पनीले ६८ हजार ४ सय ६३ वटा बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ६१ हजार २ सय २८ वटा बीमालेख जारी भएका थिए । नेको इन्स्योरेन्स पछि बढी बीमालेख जारी गर्ने कम्पनी प्रीमियर इन्स्योरेन्स रहेको छ । प्रथम त्रैमासको अवधिमा कम्पनीले ४७ हजार ६८ वटा बीमालेख जारी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीमा ४५ हजार ३६ वटा बीमालेख कायम रहेका थिए ।

Prabhu
Crest

नयाँ कम्पनीहरुले जारी गरे ७ हजार बीमालेख
अजोड इन्स्योरेन्सको ३ हजार ७ सय ३५
पहिलो त्रैमासको अवधिमा ३ नयाँ निर्जीवन बीमा कम्पनीहरुले ७ हजार ३ सय ८३ वटा बीमालेख जारी गरेका छन् । सो अवधिमा अजोड इन्स्योरेन्सले सबैभन्दा धेरै ३ हजार ७ सय ३५ वटा बीमालेख जारी गरेको छ । यस्तै दोस्रोमा रहेको छ जनरल इन्स्योरेन्स । प्रथम त्रैमासको अवधिमा जनरल इन्स्योरेन्स कम्पनीले ३ हजार ८२ वटा बीमालेख जारी गरेको छ भने सानिमा इन्स्योरेन्सले ५ सय ६६ वटा बीमालेख जारी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS