कामना सेवा र रिलायवल लाइफ बीच बीमा सेवा सम्बन्धि सम्झौता

कामना सेवा बिकास बैंक र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।

सम्झौतापत्रमा रिलायवल लाइफ इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र कामना सेवा बिकासका तर्फ बाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरु लाई बैंकका सम्पूर्ण शाखा कार्यालयहरु बाट रिलायवल लाइफ ईन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने व्यवश्था गरिएको छ ।

बैंकले हाल ६० बटा शाखा कार्यालय बाट आफ्नो बैंकिङ सेवा दिदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार